नुवाकोट । दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीको घ्यावारमा मिनी ट्रक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ पुरुष र ३ महिला छन् । मृत्यु हुनेमा घ्याङफेदीका रिबल तामाङ, आइते तामाङ र शिवरबेंसीका रितेश पण्डित भएको दुप्चेश्वर गाउँपालिका प्रमुख योविन्द्रसिं तामाङले जानकारी दिए । शुक्रबार साँझ सिम्टाङबाट सिसिपु जाँदै गरेको बा३ख ३९१३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो । सिम्टाङमा घेवा (काजक्रिया)मा आएका स्थानीयवासी घर फर्किने क्रममा दुर्घटना परेको प्रहरीले जानकारी दिएको छ ।
घाइते ७ जना उपचारको लागि काठमाडांै पठाइएको छ भने ९ जनाको उद्धार भएको छ । दुप्चेश्वर–१ का वडासदस्य नागसाङ तामाङका अनुसार चेलीको मृत्युको बरखीमा गएका सिसीपुका मावली खलकका आफन्त चढेको मिनी ट्रक दुर्घटनामा परेको हो । आफन्तहरू मिनी ट्रक रिजर्व गरेर शिखरबेंसी पुगेका थिए ।
गाडीमा करिब ३० यात्रु सवार रहेको जानकारीमा आएको प्रहरीले बताएको छ । कच्ची र साँघुरो सडक र चालकको पनि लाइसेन्स नभएको बुझिएको वडा नम्बर ७ का अर्का वडा सदस्य भेषबहादुर सिटौलाले जानकारी दिए । गाडी सडकबाट करिब ३०० मिटर तल खोँचमा खसेको छ ।
प्रतिक्रिया