चलचित्र क्षेत्रनै मेरो जीवन हो : खरेल

काठमाण्डौ । नेपालकै पहिलो मौन चलचित्र ढुङ्गे यूगका निर्देशक माधव राज खरेल पछिल्ला दिनहरुमा चलचित्र क्षेत्रमा निक्कै व्यस्त देखिन्छन् । निक्कै रसिक स्वभावका खरेलले आफुलाई फरक शैलिको चलचित्र निर्देशन गर्ने निर्देशकका रुपमा आफुलाई चिनाएका छन् । खरेलले मौन चलचित्र ढुङगे यूग मात्रै नभएर विरानो माया, कुईनेटो, दुर्गामाण्डौ, गढीमाई, मैथली भाषाको फिल्म हेवे करैत भोर जस्ता व्यवसायीक रुपमा सफल चलचित्रहरुको समेत निर्देशन गरिसकेका छन् भने ढुङगे यूग २ (मानव सभ्यताको खोज ) पोष्ट प्रोडक्सनको काम सकाएर प्रर्दशनको तयारीमा रहेकोेछ ।

दर्जनौ म्युजिक भिडियो निर्देशन गरीसकेका खरेलले सोहि संख्यामा बृत्तचित्र समेत निर्देशन गरेका छन् । विभिन्न सामाजिक संघ संस्थाले आयोजना गर्ने सामाजिक कार्यहरुमा पनि उत्तिकै सक्रियता पूर्वक सहभागि हुने खरेल विभिन्न संस्थाहरुले आयोजना गर्ने सुन्दरी प्रतियोगिता, नृत्य अभिनय सम्वन्धि हुने प्रतियोगिता, विभिन्न चलचित्र एवं गीत संगीत सम्वन्धि गरिने अवार्डहरुमा निर्णायकका रुपमा पनि उत्तिकै सक्रिय रुपमा सहभागिता जनाईरहेका छन् ।

नेपाल कल्चरल ईन्टरनेशनल फिल्म फेष्टिभलमा चलचित्र दर्गामाण्डौवाट उत्कृष्ट निर्देशकका रुपमा अनतराष्ट्रि अवार्ड चुम्न सफल खरेलले यस अघि सुन्दरादेवी सन्देश साप्ताहिक, म्युजिक खवर म्यूजिक डटकम, मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि, छाँयाछवी क्रियशन, बक्स अफिस गु्रप, आईसिटी पत्रकार विकास मञ्च, गीतकार संघ नेपाल, करुणा नेपाल, समानताका लागी सांस्कृतिक अभियान, जनआकाश मिडिया, ह्पाप्पि होम, पिजेनट नेपाल, नमस्ते अल ईन्टरनेशनल ग्रुप, राष्ट्रिय लोक साँस्कृतिक संघ, पल ईन्टरटेनमेन्ट, ईन टु द हिमालयन लगायत दर्जन भन्दा वढी संघ संस्थाहरुले उत्कृष्ट निर्देशकको अवार्डका साथै चलचित्र र सामाजिक पुर्याएको योगदानको कदर स्वरुप विभिन्न किसिमका सम्मान पत्रद्धारा सम्मानित पनि गरीसकेका छन् ।

झण्डै २ दशकको हाराहारीमा चलचित्र क्षेत्रसंगको आरोह अवरोहलाई नजिकवाट नियालेका र भोगेका खरेलले चलचित्र क्षेत्रलाई आफ्नो जीवन ठानेका छन् । उनि भन्छन् “मैले आफ्नु जीवनको लामो समय चलचित्र क्षेत्रको लागी समर्पण गरे, अव मेरो सम्पती पनि यहि क्षेत्र हो र जीवन पनि , म चलचित्र क्षेत्रवाट कहिले पनि टाढा जान सक्तिन अन्तिम श्वास रहेसम्म ।

प्रतिक्रिया