मेगा बैंक र ज्योति लाइफबीच सम्झौता

काठमाडौं । मेगा बैंक नेपाल र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले हस्ताक्षर गरे ।

सम्झौतापछि मेगा बैंकका जीवन बीमा गर्न चाहने ग्राहकले मेगा बैंकका सबै शाखाबाट ज्योति लाइफ इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

मेगा बैंकका १ सय २ वटा शाखा, १८ वटा एक्टेनसन काउन्टर, १ सय १९ वटा शाखारहित बैंकिङ केन्द, २ हजार ३ सयभन्दा बढी मेगा रेमिट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया