रेनोले बेच्यो २५ सय कार

काठमाडौं । रेनोका लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोबाइलले दुई वर्षको समयअवधिमा २ हजार ५ सय गाडी बिक्री गरेको छ । कम्पनीले उक्त अवसरमा गाडी किन्ने ग्राहकलाई विशेष कार्यक्रम आयोजना गरेर साँचो हस्तान्तरण गरेको हो । नक्सालमा आयोजित कार्यक्रममा रेनो इन्डियाका उपाध्यक्ष थोमस डबरुएलले कारको साँचो हस्तान्तरण गरेका थिए ।

कार्यक्रमपछि बोल्दै डबरुएलले भने, ‘रेनोले नेपाली ग्राहकहरूलाई सस्तो मूल्यमा नवीनतम् प्राविधिक युक्त उत्पादन र इनोभेटिभ डिजाइन दिँदै आएको छ ।’ फ्रेन्च अटोमोबाइल कम्पनी रेनोका उत्पादन सन् २०१६ नेपाली बजारमा प्रवेश गरेको थियो ।

दुई वर्षमा कम्पनीले २५ सय गाडी बिक्री गर्न सफल भएको हो । रेनोले नेपाली बजारमा उपलब्ध प्रमुख कार ब्रान्डहरूमध्ये आफू पनि एक भएको विज्ञप्तिमा उल्लिखित गरेको छ । रेनोले नेपाली बजारमा रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विड बिक्री वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया