महिला साफ नेपालमा हुने

काठमाडौं । पाँचौँ संस्करणको महिला साफ च्याम्पियनसिप नेपालमा हुने पक्का भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को ओमानको मस्कटमा बसेको बैठकले पाँचाँै संस्करणको साफ महिला च्याम्पियनसिप नेपालमै गराउने निर्णय गरेको हो ।

साफको बैठक मंगलबार बसेको थियो । साफ च्याम्पियनसिप फागुन २८ देखि चैत ८ गतेसम्म मोरङ जिल्लास्थित विराटनगरको सहिद रंगशालमा हुनेछ । च्याम्पियनसिपमा दक्षिण एसियाका नेपालका ७ राष्ट्रले सहभागिता जनाउनेछ । साफ च्याम्पियनसिपमा भारतको अधिपत्य छ ।

भारतले यसअघिको सबै चार संस्करणको उपाधि जितेको छ । नेपाल अघिल्लो तीन संस्करणको उपविजेता टोली हो भने, चौथो संस्करणमा नेपाली टोली सेमिफाइनलबाट घर फर्केको थियो । यसअघि, साफ च्याम्पियनसिप श्रीलंकाले आयोजना गर्ने निर्णय भएको थियो । तर, श्रीलंकामा राजनीतिक कारण साफ च्याम्पियनसिप हुन नसक्ने साफले जनाएको थियो ।

नेपाली महिला फुटबल टोलीले आगामी अप्रिल महिनामा ओलम्पिक छनोटको दोस्रो चरणमा सहभागीता जनाउँदै छ । म्यानमारमा सम्पन्न पहिलो चरणको छनोटमा नेपाल उत्कृष्ट तेस्रो स्थानमा रहँदै दोस्रो चरणको लागि छनोट भएको थियो ।

प्रतिक्रिया