पत्रकारमाथिको धम्कीप्रति प्रेस युनियनको भत्र्सना 

काठमाडौँ । नेपाल प्रेस युनियनले युनियनका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य कमल पौडेलमाथि भएको दुव्र्यहारप्रति भत्र्सना गरेको छ ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीले आज जारी गरेको विज्ञप्तिमा पौडेलमाथि दुव्र्यवहार गर्दै फोनमा समेत धम्की दिइएकोप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘लाखौँ रुपैयाँ उठाई पोखराकी एक महिला फरार, मिटर ब्याजमा सर्वसाधारण ठगी’ शीर्षकको समाचार प्रकाशित गरेको भन्दै ती महिलाले ९८५६०४०२३८ को मोबाइलबाट ज्यान मार्ने धम्की दिएको पत्रकार पौडेलले जानकारी दिए ।

प्रकाशित समाचारप्रति चित्त नबुझेमा समाचारको खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्ने र त्यतिले पनि चित्त नबुझे अदालतमा जानसक्ने अवस्थामा पत्रकार पौडेललाई गरिएको दुव्र्यवहार निन्दनीय रहेको युनियनले जनाएको छ । पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गरी निर्वाध समाचार सङ्कलन र सम्प्रेषणको वातावरण बनाउन पनि स्थानीय प्रशासनसँग युनियनले माग गरेको छ ।

प्रतिक्रिया