सामाजिक उत्तरदायित्वका काममा महालक्ष्मी बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरूबाट विभिन्न कार्यक्रमहरू गर्दै  आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको चन्द्रौटा शाखा कार्यालयल खुरखुरिया कपिलवस्तुस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग, स्कुल पोसाक तथा सरसफाइका सामान वितरण गरेको हो ।

बैंकले सरसफाइसम्बन्धी सामानहरू कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत कुल १५० विद्यार्थीहरूलाई वितरण गरेको थियो भने स्कुल ब्याग कक्षा १ देखि कक्षा ५ मा अध्ययनरत कुल ६५ जना विद्यार्थीहरूलाई प्रदान गरेको थियो । उक्त कार्यक्रममा बैंकले उल्लिखित विद्यालयका प्रत्येक कक्षाबाट एकजना आर्थिक स्थिति कमजोर भएको विद्यार्थी छानीे कुल १० जना विद्यार्थीहरूलाई स्कुलको पोसाक वितरण गरेको थियो ।

यसैगरी, बैंकको थापाथली शाखा कार्यालयले दृष्टिविहीन व्यक्तिहरूको पुनस्र्थापन तथा सशक्तीकरण गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल दृष्टिविहीन कल्याण संघद्वारा पुनस्र्थापना तथा सशक्तीकरण सेवा पाइरहेका दृष्टिविहीन विद्यार्थीहरूलाई ब्रेल पेपर, टाइपोस्कोप तथा रिडिङ प्याड प्रदान गरेको थियो । बैंकले शिक्षा नै सशक्तीकरणको मूल आधार भन्ने कुरालाई मध्यनजर गर्दै ती बालबालिकाहरूको पठन पाठनमा सहयोगस्वरूप उल्लिखित शैक्षिक सामाग्रीहरू वितरण गरेको हो ।

प्रतिक्रिया