स्विजरल्यान्डको बिपिसीसँग आइमार्कको सहकार्य

काठमाडौं । नेपालको व्यापार भुक्तानीका समग्र क्षेत्रलाई विद्युतीय प्रणालीमार्फत सहज बनाउन स्विजरल्यान्डमा रहेको बिपिसी बैंकिङ टेक्नोलोजीसँग आइमार्कले सहकार्य गरेको छ । बैंकिङ कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा परिवर्तन गर्न बिपिसीसँगको सहकार्यमा आइमार्कले नेपालमा स्मार्ट भिस्टा स्विच सार्वजनिक गरेको छ । स्मार्ट भिस्टाले विश्वका कैयौँ बैंक तथा वित्तिय संस्थाहरूको कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गरिसकेको छ ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बिपिसी बैंकिङ टेक्नोलोजीका उपाध्यक्ष तथा एसिया प्यासिफिकका प्रबन्ध निर्देशक राजन एस नारायणले सो प्रविधिका बारेमा जानकारी दिए । उनले भने, ‘स्मार्ट भिस्टाले अहिलेको समाजलाई क्यास लेस समाजमा रूपान्तरण गर्न महत्वपूर्ण भुमिका खेल्छ ।’ उनका अनुसार समग्र क्षेत्रका संस्थाहरू डिजिटल बैंकिङ प्रणालीमा आवद्ध भएर लाभान्वित हुन सक्नेछन् । यसले व्यापार र समग्र क्षेत्रको भुक्तानीलाई सहज बनाउनेछ ।

प्रतिक्रिया