सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

धादिङ । जिल्ला अदालत धादिङले लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्दै ३ नम्बर प्रदेशमा अब्बल जिल्ला अदालत सावित गरेको छ । हालै भएको चौमासिक समीक्षामा जिल्ला अदालत धादिङले गत चौमासिकमा लक्ष्यको तुलनामा १६३ प्रतिशत मुद्दा फैसला गरेको हो । गत चौमासिकमा जिल्ला अदालतले १३० थान मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा २१३ थान मुद्दा फैसला गरी मुद्दा फैसलामा द्रुतगति दिएको जिल्ला अदालतका स्रेस्तेदार नवराज दङ्गालले बताए ।

देवानी १९४ र फौजदारी १३६ र पुनरावेदनका लागि आएका दुई मुद्दा गरी जिल्ला अदालतमा कात्तिक मसान्तसम्ममा ३३४ मुद्दा फछ्र्योट हुन बाँकी रहेको छ । जिल्ला अदालतमा पुरुष वादी भएका सम्बन्धविच्छेदका २७ थान मुद्दा परेकोमा छ थान मुद्दा फछ्र्योट भएको छ । आर्थिक वर्ष ०७४÷७५ मा सम्बन्धविच्छेदका २०५ थान मुद्दा दर्ता भएकोमा १४४ थान मुद्दा फछ्र्योट भएको थियो । जिल्ला अदालतले फैसला कार्यान्वयनतर्फ ८७ प्रतिशत मुद्दा कार्यान्वयन भएको जनाएको छ ।

प्रतिक्रिया