औषधी पसलमा मुटुरोगीको भिड

कृष्ण ओझो, पाँचथर । पाँचथर, फिदिम नगरपालिका १ स्थित बिच बजारमा रहेको असिम मेडिकल हलमा मुटुकारोगीको भिडलागेको छ । पाँचथर लगायत ताप्लेजुङ, इलाम, तेह्रथुम आठराइ सम्मका बिरामीहरुले उपचार लिएका छन । सोमबार भएको निशुल्क मुटु, प्रेसर, सुगर र थाइराईडका जस्ता जटिल रागका बिरमीहरुले उपचार गराएको मेडिकलहलका प्रोप्राइटर केपि मैनालीले जनाए ।

शिविरमा २ सय बढीले चेकजाच गराएका थिए । जिल्लाबाहिर उपचार खर्चव्यहोर्न नसक्नेले सुलभ उपचार गराएका हुन । जिल्लाबाहिर उपचारमा थाइराइड जाचगराउन १५ सय महगोहुने हुनाले असिमहलले ६ सयरुपैयामा नै चेक गरीदिएको आसा देवि जवेगुले जनाएकी छन । करिव ४० जनाथाइराइडका विरामीहरुले जचाएका थिए । असिम मेडिकलहलमा धेरै पुराना रोगीहरु आउने गरेको बताइन्छ ।

यस हलमा डिजिटल ल्याप समेतको सेवा उपलब्द रहेको छ । ४० जनाले ल्यावमा रगत टेष्ट गरेको ल्यावएसिस्टेन अञ्जनाराइले जनाइन । काठमाण्डौको स्वास्थ्य सेवा घरआगनमै दिएकाले आफु उपचारको ढुक्कभएको सेवाग्राहि महेन्द्र थाम्सुहाङले सौर्यलाइ जनाए । सरकारी अस्पतालभन्दा निजिमेडिकलहलमा उपचार सुलभ, राम्रो र भरपर्दो हुने ,सेवाग्राही कमला अरिर्याल बताउछिन ।

निसुल्क उपचार सेवा दिए पनि अरुवेला दस्तुलिएर बिज्ञकाक्टरहरुको उपस्थितीमा सेवा प्रभाह गरेको प्रोप्राइटर मैनालीको भनाइ छ । मेडिकलहले ५ बर्ष यता हड्डी, छाला, नाक, घाँटी,स्त्री सम्बन्धिरागको विषेसज्ञ द्धारासेवा दिदै आएको छ ।

फिदिम बजार भित्र सरकारी गैरसरकारी , ठुला साना,अस्पताल भए पनी मेडिकल हलमा दिनौ जसो भिड लाग्ने र उपचारगराउने गरेका छन । उपचार चेकजाच गर्ने डाक्टर जिल्लाबाहिर काडमाण्डौ, विराटनगर, दमक, बिर्तामोडबाट बिज्ञ चिकित्सक आउने गरेका छन । मेडिकलहभित्रसम्म लाम्बद्ध भएर चेकजाच गाराउने गरेको बिरामीले जनाएका छन ।

प्रतिक्रिया