कमल थापाको तुजुक !

०७४ को तीनै तहको निर्वाचनमा अति हिन्दूवादी मत त राप्रपा नेपाललाई खसेन नै ‘राजा आऊ, देश बचाऊ !’ भन्नेहरूले समेत कमल थापा अर्थात् राप्रपा नेपाललाई विश्वास गरेनन् । अर्थात्, कट्टर राजावादीहरूले पनि राप्रपा नेपाललाई सायद भोट दिएनन् । फलतः राप्रपा नेपालको कट्टर हिन्दूवादी र कट्टर राजावादी छवि अर्थात् साख ०७४ को तीनवटै निर्वाचनमा आइपुग्दा नेपालका क्रिस्चियन, मुस्लिमहरूले बचाइ दिए ।

नेपलमा धर्मको सम्बन्धमा कुरो गर्नुपर्दा धार्मिक रूपमा ‘हिन्दू, बौद्ध र किराँतहरू एकै हुन् !’ भन्नेहरूको ठूलो जमात छ । उनीहरूको अनौठो तर्क के छ भने, नेपालका हिन्दू, बौद्ध र किराँतहरू ‘ॐ परिवार’ भित्रका हुन् । उनीहरूले दिने अर्को उदाहरण भनेको ०६८ को राष्ट्रिय जनगणनाको परिणाम पनि हो । हुन पनि उक्त जनगणनाले नेपालमा ८१ दशमलव ३ प्रतिशत हिन्दू धर्म मान्ने जनसंख्या रहेको देखाइएको छ ।

तर, अचम्म के छ भने, नेपालका आदिवासी जनजातिको जनसंख्यालाई केवल ३५ प्रतिशत र मुस्लिम धर्म मान्ने ४ दशमलव ४ प्रतिशत मान्ने हो भने पनि नेपालमा हिन्दू धर्म मान्नेहरूको जनसंख्या लगभग ६० प्रतिशत मात्रै हुनुपर्ने हो । उता हिन्दू धर्म मान्ने भनिएको नेपालका दलित, मधेसी, बाहुन, क्षेत्री, ठकुरी, सन्यासी लगायतका जात समूहका मान्छेहरूको पनि ठूलो संख्या क्रिस्चियन धर्मतर्फ लागेको प्रस्टैसँग देखिन्छ । अझ नेपालका ठुल्ठूला चर्चका प्रमुखहरूसमेत पाण्डे, शर्मा र क्षेत्रीहरू छन् । कुनै वेला नेपालको सम्पूर्ण चर्चहरूको संगठनको प्रमुख नै केबी रोकाया क्षेत्री थिए । अहिले पनि नेवार छन् क्यारे !

यस्तो अवस्थामा नेपालमा हिन्दू धर्म मान्नेहरूको जनसंख्या साँच्चै बढेको होला त ? माथिको उदाहरणहरू हेर्ने हो भने हिन्दू धर्म मान्नेहरूको जनसंख्या लाटो हिसाबले हेर्दा पनि बढ्नुको सट्टा घट्नुपर्ने हो ! यथार्थ, यस्तो हँुदाहँुदै पनि ०६८ को राष्ट्रिय जनगणनामा नेपालमा हिन्दूको जनसंख्या बढेको देखाउनु भनेको शंकास्पद नै हो ।

यस्तो नहोस् भनेरै विगत लामो समयदेखि आदिवासी जनजाति, दलित, मधेसी आदि समुदायले केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना गर्ने कार्य गर्दा खपत हुने गणक (जनशक्ति) आफ्नै समुदायका अगुवालाई तालिम दिएर खटाओस् भन्ने माग राख्दै आएको थियो÷छ । तर, यस विषयमा सम्बन्धित पक्षले (खासगरी नीति निर्माण गर्ने तहमा रहेका सरकारी कर्मचारी, राजनीतिक दल र तिनका नेता र हिन्दू धर्मका अनुयायीहरू) कहिल्यै पनि गम्भीर रूपमा सोचेनन् ।

माथि नै भनिए झैँ नेपालका हिन्दू, बौद्ध र किराँतहरू एउटै ‘ॐ परिवारभित्र’ का हुन् भन्नेहरू नेपालका हिन्दूहरू, बौद्ध र किराँतहरू धार्मिक रूपमा कसरी एउटै÷एकै हुन् ? भनेर दरिलो र यथार्थ प्रमाणसहित उदाहरण भने दिने गरेको देखिँदैन । यदि, साँच्चै बौद्ध र किराँतहरू पनि हिन्दूहरू नै हुन् भने किन ? बौद्ध र किराँतहरूले गौ–भक्ष गर्छन् ? किन हिन्दूहरू धर्मावलम्बीहरूले जसरी बौद्ध र किराँतहरूले गाईलाई माता र गोरुलाई पिता मान्दैनन् ? किन गाईलाई हिन्दूहरूले जसरी धनको देवी-लक्ष्मी मान्दैनन् ? भन्नेतिर पनि उनीहरूको ध्यान गएको देखिँदैन ।

नेपालको भौगोलिक एकीकरणपछिको २ सय ४० वर्षे शासनकालमा हरेक भौगोलिक क्षेत्रमा विभिन्न जातजातिका अगुवालाई स्थानीयस्तरको छोटेराजा÷शासक नियुक्त गर्दै उनीहरूमार्फत स्थानीयस्तरमा ढाक्रे-रैती (हालको भाषामा भन्नुपर्दा जनता) सम्म हिन्दूहरू धर्म, गोर्खा भाषा, हिन्दूहरू चाडबाड, हिन्दूहरूका संस्कार, हिन्दूहरूका संस्कृति लगायत यावत् कुराहरू लादियो ।

यसरी स्थानीयस्तरको छोटे राजा-शासक नियुक्त गर्ने क्रममा राई, चौधरी, सुब्बा, मुखिया, देवान, थरी, कारबारी, बैदार, गुरुङ, द्वारे, तोहले, माथा, करता र आठपहरिया आदि पदहरूको सिर्जना गरियो । माथि उल्लिखित पदहरूमध्ये राई, चौधरी, सुब्बा, मुखिया र देवान आदिलाई जिम्मावाल पनि भन्ने गरिन्थ्यो । अझै पनि गाउँघरमा विगतमा यस्तो पद पाएका वा तिनका सन्तानलाई फलानो जिम्मावाल वा जिम्मावाल्नी भनेर बोलाउने प्रचलन हटिसकेको छैन । त्यसो त ०१९ मा तत्कालीन राजा महेन्द्रले ल्याएको ‘नेपालको संविधान ०१९’ मा मात्रै नेपाललाई कानुनी रूपमा राजतन्त्रात्मक हिन्दूहरू अधिराज्य भनी घोषणा गरेको पाइन्छ ।

यी राई, चौधरी, सुब्बा, मुखिया, देवानहरूले ‘पञ्चखत’ बाहेकको सबै कामकारबाही स्थानीयस्तरमा आफँँै फत्ते गर्थे । त्यसबाहेक उनीहरूको मुख्य काम भनेको हिन्दूहरूको महान चाड ‘बडादसैं’ मा महाअष्टमीको दिन पदअनुसार राँगो, बोकोे मार हान्ने (जस्तै ः सानो पद पाएका राई, चौधरी, सुब्बा, मुखिया र देवानले बोकाको मार हान्ने र ठूलो पद पाएका राई, चौधरी, सुब्बा, मुखिया र, देवानहरूले चाहिँ राँगाको मार हान्ने र मार हानेको राँगा-बोेकालाई ढुंगो-काठको मौलोको वरिपरि तीनफन्को घुमाएर आफ्नो दुवै हातको पञ्जा रगतमा लगाएर आफ्नो घरको मूल ढोकाको दायाँतर्फ पञ्जाछाप लगाउने गर्नुपथ्र्याे ।

यसो किन गरिन्थ्यो भने राई सुब्बा, मुखिया, देवान आदिले हिन्दूहरू धर्मअनुसार दसैं माने कि मानेन् ? भनेर हिउँदयाममा जोगीको भेषमा ‘जय गोरख नाथ’ भन्दै सरकारी जासुसहरू गाउँगाउँ घुम्थे । यसरी हेर्दा युगौँयुगदेखि आफ्नै प्रकारको अलग धर्म संस्कृति मान्दै आएका नेपालका आदिवासी जनजातिलाई भौगोलिक एकीकरणपछि हिन्दूहरू धर्म लादिएको हो भन्ने प्रस्टैसँग देखिन्छ ।

४ मंसिर ०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि जसरी राजनीतिक रूपमा खुलेरै धर्म निरपेक्षताको विरोध गर्ने राजनीतिक पार्टी ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल’ ले प्रत्यक्षमा एकसिट नजिते पनि समानुपातिकमा जसरी २४ सिट जित्यो, त्यो भनेको राप्रपा नेपालको आफ्नै बलबुताले भन्दा पनि नेपाली कांग्रेस, नेकपा एमाले लगायतका अनुदारवादी पार्टीकै केन्द्रीय तहदेखि स्थानीय तहसम्मका नेताहरूको लबिङले गर्दा जितेको हो भन्नेमा कुनै शंका थिएन । हुन पनि त्यो वेला उनीहरूले खुलेरै ‘एक भोट भाइ-दाइलाई (नेपाली कांग्रेस÷नेकपा एमाले) लाई एक भोट गाई’ लाई र मधेसतिर ‘एक भोट गाछीलाई एक भोट बाछी’ लाई भन्ने नारा नै लगाएका थिए ।

हुन त ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षमा कतै नजितेको मात्रै होइन, दोस्रो र तेस्रो स्थानसम्म ल्याउन नसकेको र जम्मा दुई निर्वाचन क्षेत्रमा चौथो स्थान ल्याएको (राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर–३ र नारायणबहादुर सिंह कपिलवस्तु–३ मा) भए तापनि देशभरिबाट समानुपातिकमा भने १ दशमलव ३ प्रतिशत मत ल्याएर चारसिट जितेको थियो ।

स्मरणीय छ, राप्रपा नेपालले ०६४ सालको पहिलो संविधानसभामा देशभरि प्रत्यक्ष निर्वाचनमा जम्मा २ सय चारजना उम्मेदवार उठाएकोमा आठजना मात्रै महिला उम्मेदवार थिए । तथ्यांक स्रोतः ‘माननीय सभासद ०६४’ नामक किताब । दोस्रोपटक भएको संविधानसभाको प्रत्यक्ष निर्वाचनको परिणाम पनि राप्रपा नेपालको हालत लगभग त्यस्तै भयो ।

तर, ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिकमा भने अप्रत्यासित रूपमा २५ सिट ल्यायो, राप्रपा नेपालले । यसो हुनुमा राप्रपा नेपालले आफ्नै बलबुताको परिणाम थिएन । जस्तै यो पंक्तिकार हाल विगत लामो समयदेखि बस्दै आएको नयाँ बानेश्वर क्षेत्रमा त्यो वेला एमालेकै कट्टर कार्यकर्ता र एमाले समर्थक धेरै प्राध्यापकहरू भित्रभित्रै प्रत्यक्षमा प्रकाशमान सिंह र समानुपातिकमा राप्रपा नेपाल अर्थात् गाई चिह्नमा मत दिन १ नम्बर क्षेत्रका मतदाताहरूसँग गलफती गर्दै र भोट माग्दै हिँडेका थिए ।

तर, ०७४ सालको तीनै तहको निर्वाचनमा अति हिन्दूहरूवादी मत त राप्रपा नेपाललाई खसेन नै ‘राजा आऊ, देश बचाऊ !’ भन्नेहरूले समेत कमल थापा अर्थात् राप्रपा नेपाललाई विश्वास गरेनन् । अर्थात् कट्टर राजावादीहरूले पनि राप्रपा नेपाललाई सायद भोट दिएनन् । फलतः राप्रपा नेपालको कट्टर हिन्दूहरूवादी र कट्टर राजावादी छवि अर्थात् साख ०७४ सालको तीनवटै निर्वाचनमा आइपुग्दा नेपालका क्रिस्चियन, मुस्लिमहरूले बचाइ दिए ।

काम गरेरभन्दा बोलेर चर्चा कमाउने केपी ओली, संघीयता नै नचाहने चित्रबहादुर केसी, राजतन्त्र र हिन्दूहरू राज्य नभई नहुने कमल थापा, न हाँस न कुखुराको चाल अर्थात् आफ्नो पार्टीलाई गतिलो मन्त्रालय भए पुग्ने सिपी मैनाली, मधेसी र थारूलाई मिलाएर सधैँ सत्तामा टाँसिरहन चाहने विजय गच्छदारको एउटा समय थियो ।

तर, ०७४ को तीनवटै निर्वाचनमा कमल, थापा, सिपी मैनाली र चित्रबहादुर केसीहरूको हालत के भयो ? भनी रहनुपरेन । धन्य, थारूको बच्चो भए पनि विजय गच्छदारले वेलैमा बाहुन बुद्धि लगाए÷पु¥याए ! नेपाली कांग्रेसमा प्रवेश गरेर आफ्नो राजनीतिक भविष्य सुरक्षित पारे ।

अब अहिले आएर फेरि राप्रपा नेपालका अध्यक्ष कमल थापा चाहिँ हिन्दूहरूका धर्म र संवैधानिक राजतन्त्रको फसल चल्छ कि त÷फस्टाउँछ कि त ! भनी देश दौडाहामा लागेका छन् ।

प्रतिक्रिया