महिला क्रिकेटलाई आइसिसीको ११७ अंक

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–ट्वान्टी महिला क्रिकेटको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।  आइसिसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहँदै १८ औं स्थानमा रहन सफल भएको । टी–ट्वान्टीको वरीयतामा शीर्ष २० रहेको नेपाल अघिल्लो महिनासमेत १८ औं स्थानमा रहेको थियो । ४७ राष्ट्रलाई समावेश गर्दै आईसीसीले निकालेको वरीयतामा नेपालले ११७ अंक पाएको छ ।

नेपाली महिला क्रिकेट टिमले पछिल्लो समय ठुला अन्तर्रा्ष्ट्रिय क्रिकेट खेलेको छैन । नेपालले पछिल्लोपटक गत बर्षको मंसिरमा थाइल्याण्डमा भएको विश्व टी–ट्वान्टी एसिया छनोट खेलेको थियो । नेपालले आगामी जनवरीमा थाइल्यान्डमै टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ ।

वरीयताको शीर्ष स्थानमा विश्वकप विजेता अष्ट्रेलिया रहेको छ । अष्ट्रेलियाले २८३ अंक पाएको छ । अष्ट्रेलियाले यसै साता इंग्ल्यान्डलाई हराएर वेष्ट इण्डिजमा सम्पन्न टी९ट्वान्टी विश्वकपको उपाधि जितेको थियो । यस्तै इंग्ल्यान्ड दोस्रो, न्युजिल्यान्ड तेस्रो, वेष्ट इण्डिज चौथो र भारत पाँचौ स्थानमा रहेको छ । यस्तै दक्षिण अफ्रीका, पाकिस्तान, श्रीलंका, बंगलादेश र आयरल्याण्ड शीर्ष १० भित्र अटाएका छन् ।

प्रतिक्रिया