बैंक अफ काठमाडौंको नयाँ योजना

काठमाडौं । बैंक अफ काठमाडौंले नयाँ मोबाइल बैंकिङ सेवा ल्याएको छ । बैंकले ग्राहकवर्गलाई मध्यनजर गर्दै उक्त सेवा स्मार्टबाट ग्राहकले नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोस्टपेड मोबाइल टप अप रिचार्जको व्यवस्था ल्याएको छ ।

उक्त रिचार्ज रकममा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । यस योजना सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जानकारी दिएको छ । योजनासम्बन्धी विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया