डिभोर्सपछिको ऋतिक र सुजैन प्रेम

एजेन्सी, मुम्बई । १४ वर्षे वैवाहिक जीवनलाई बलिउड अभिनेता ऋतिक रोशन र सुजैनले अन्त्य गरेको ४ वर्ष भयो । अभिनेत्री कंगना रनावतसँगको प्रेमसम्बन्धका कारण उनीहरूबीच सम्बन्धविच्छेद भएको बताइन्छ । ऋतिक र सुजैनका दुई छोरासमेत छन् ।

डिभोर्स भएको ४ वर्षपछि यी दुईबीच फेरि प्रेम पलाउन थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वेलावेलामा उनीहरू दुई आफ्ना २ छोराको साथमा छुट्टी मनाउन बढी व्यस्त भएको पाइन्छ । यसैबीच बलिउडमा उनीहरू पुनः मिल्ने चर्चा चलेको छ ।

यसैबीच केही दिनअघि ऋतिकले एउटा भिडियो सन्देशमार्फत पूर्वपत्नी सुजैनप्रतिको प्रेमभाव व्यक्त गरेका छन् । उनले उल्लेख गरेका छन्, ‘मेरो सबैभन्दा राम्रो साथी तथा पूर्वपत्नी सुजैन अहिले मेरो बच्चाको तस्बिर खिचिरहेकी छन् । यो आफँैमा एउटा याद गर्ने समय हो जसले हाम्रा बच्चालाई लाइन र आइडियाको यो दुनियाँमा एकैसाथ बस्नु त्यति गाह्रो काम होइन भनेर सिकाउँछ ।’

उनले भनेका छन्, ‘यहाँबाट नै एउटा यस्तो दुनियाँको सुरुआत हुन्छ, जहाँ प्रेमले सबैलाई जोडेर राखेको हुन्छ । जहाँ सबै जना बहादुर छन्, स्वतन्त्र छन् र यो कुराको सुरुआत तपाइको घरबाट सुरु हुन्छ ।’
अभिनेता ऋतिकले आफ्नी पूर्वपत्नी सुजैनले समुन्द्रको छालमा आफ्नो र दुई सन्तानको तस्बिर खिचिरहेको तस्बिरसमेत सेयर गर्दै आफ्नो मनको बह पोखेका हुन् ।

प्रतिक्रिया