साफ ब्याडमिन्टन आजदेखि

काठमाडौं । दोस्रो संस्करणको दक्षिण एसियाली यू– २१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप मंगलबारबाट सुरु हुने भएको छ । ब्याडमिन्टन एसियाको विकास कार्यक्रमअन्तर्गत हुने च्याम्पियनसिपमा नेपाल लगायत भारत, बंगलादेश, मालदिभ्स र श्रीलंकाको सहभागिता रहने नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जानकारी गराए ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालका महिला ४ र पुरुष ४ गरि ८ खेलाडीहरूको सहभागिता रहने छ । यस्तै अन्य टिमका ३÷३ पुरुष तथा महिला खेलाडीहरूको सहभागिता रहने छ ।

दक्षिण एसियामा ब्याडमिन्टन खेलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस च्याम्पियनसिपको पहिलो संस्करण भारतको गुहाटीमा भएको थियो । जसमा नेपालले मिक्स टिम स्पर्धामा रजतपदक हात पारेको थियो भने पुरुष युगलमा कास्यपदक हात पारेको थियो

हलचोकस्थित सशस्त्र प्रहरी बलको एपिएफ कभर्डहलमा मंसिर ११ देखि १६ गतेसम्म हुने च्याम्पियनसिपमा पुरुष/महिला एकल तथा युगल, मिक्स युगल तथा मिक्स टिम इभेन्ट्स गरी ६ स्पर्धामा खेलाडीहरूले प्रतिस्पर्धा गर्ने सचिव शाहले जानकारी गराए । विजयी खेलाडीहरूले मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया