क्यान्सरविरुद्ध ‘फेसन सो’

काठमाडौं । क्यान्सर रोगका विरुद्ध जनचेतना जगाउने लक्ष्यका साथ फेसन सो हुने भएको छ । उक्त सोमा नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा उपचारपछि क्यान्सर निको भएका व्यक्तिलाई सहभागी गराइँदैछ ।

यो कार्यक्रम नेपालमै पहिलोपटक सन्देशमूलक ‘पहिरन प्रदर्शनी र नृत्य’ का साथ गरिने आयोजकले जानकारी दिए । ‘सुदिप्त क्यान्सर सर्भाइभल ¥याम्प सो’ नाम दिइएको उक्त कार्यक्रम प्रतियोगितात्मक नभई सहभागितामूलक हुने बताइएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आगामी २७ पुसमा उक्त कार्यक्रम हुँदैछ । ¥याम्पमा पहिरन प्रदर्शन तथा नृत्यमा क्यान्सर निको भएर नयाँ जीवन बिताइराखेका महिला र पुरुष गरी तीसभन्दा बढीले भाग लिने बताइएको छ । ‘नेपालीको क्यान्सर उपचार नेपालमै’ नाराका साथ क्यान्सर निदान र उपचारमा विगत आठ वर्षदेखि सेवारत नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुर र ‘नेपाल क्यान्सर सपोर्ट ग्रुप’ नामक गैरसरकारी संस्थाको संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रमकी संयोजक स्वरूपा श्रेष्ठले ‘क्यान्सर लुकाएर बस्न हुँदैन, क्यान्सर लाग्दैमा आत्तिनु हुँदैन, समयमै उपचार गरे क्यान्सर निको हुन्छ र क्यान्सर भइसकेपछि पनि जीवन अझै बाँकी छ, हरेस खानु हुँदैन’ भन्ने सन्देश दिन पहिलोपटक सो प्रदर्शनी आयोजना गर्न लागिएको बताइन् ।

उनले भनिन्, ‘नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका साथै विभिन्न क्यान्सर अस्पतालमा उपचार गरी नयाँ जीवन पाएका व्यक्तिलाई सहभागी गराई पहिरन प्रदर्शनी आयोजना गर्दा समाजमा आफ्नो क्यान्सर रोग लुकाएर बसेका पनि स्वःस्र्फूत रूपमा अगाडि आउने र समयमै क्यान्सर उपचार गर्नेछन् भन्ने हामीले विश्वास गरेका छौंँ ।’

श्रेष्ठका अनुसार उक्त पहिरन प्रदर्शनीमा क्यान्सर निको भएका व्यक्तिका साथै चर्चित हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै समाजका प्रतिष्ठित व्यक्तित्व, उद्योगपति, समाजसेवी, कलाकार, खेलाडीलगायतको सहभागिता रहने छ ।
क्यान्सर निको भएर चलचित्र तथा अन्य सामाजिक कार्य सक्रिय रहेकी अभिनेत्री मनिषा कोइरालालाई उक्त कार्यक्रममा सहभागी गराउने तयारी भइरहेको आयोजकले जनाएको छ ।

विशुद्ध सामाजिक र सेवामूलक उद्देश्य भएको कार्यक्रम भएकाले क्यान्सर निको भएर सोहीबारेमा किताब लेखेकी अभिनेत्री कोइराला उक्त कार्यक्रममा सहभागी हुने कार्यक्रम संयोजक श्रेष्ठले विश्वास व्यक्त गरिन् ।

नेपालमै सबै खालका क्यान्सर रोग निको हुने नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष एवं वरिष्ठ क्यान्सर विशेषज्ञ डा। सुदीप श्रेष्ठले बताए । उनले भने, ‘सबैखाले क्यान्सरको उपचार नेपालमै सम्भव छ, उपचारको लागि कुनै पनि बिरामी तनाव लिएर र आर्थिक बोझ बोकेर विदेश जानु पर्दैन ।’ यस प्रकारका सन्देशमूलक कार्यक्रमले क्यान्सर बिरामीलाई समयमै उपचार गराउन हौस्याउने डा। श्रेष्ठले बताए ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपले सुदिप्त क्यान्सर सभाईभल कार्यक्रममार्फत नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचाररत बिरामी र क्यान्सर निको भइसकेका व्यक्तिसँग नियमित भेटघाट र छलफल गर्दै रोग लागेको वेलामा उनीहरूले भोग्नुपरेका शारीरिक, मानसिक, आर्थिक र सामाजिक तनाव न्यूनीकरणदेखि बिरामीलाई आर्थिक सहयोगसमेत गर्दै आएको छ ।

प्रतिक्रिया