इनरुवामा बस दुर्घटना ५ को मृत्यु, दर्जनौं घाइते

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १० इनर्वास्थित बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ, भने २ दर्जनभन्दा बढी घाइते भएका छन । को १ ख २७९९ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर हनुमान नगर राजविराज सडक खण्डको इनरुवामा दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ।

मृत्यु हुनेमा डाकनेश्वरी ५ की ७० बेचनीदेवी यादव, ६० वर्षीय सिकलादेवी साह, दिनेश रजक, रजककी पत्नी नाम नखुलेको र ठकनी देवी रहेका छन्। बस सडकबाट अनियन्त्रित भई पोखरीमा पसेको थियो।

दुर्घटनामा परी डेढ दर्जन यात्रु भएका छन्। जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई रिफर गरिएको गजेन्द्र नारायण अस्पतालले जानकारी दिएको छ।

पोखरीमा पल्टिएको बस डोजर लगाएर निकाल्ने काम भइरहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताईको छ । सप्तरीको भुतही डाँक्रेश्वर नगरपालिका २ भूतहीबाट बिहीबार बराह क्षेत्रमा गएको बस शुक्रबार फर्कने क्रममा राती दुर्घटनामा परेको हो । बसमा करिब ७० जना सवार रहेको अनुमान छ ।

प्रतिक्रिया