विशाल र अभिषेक सेमिफाइनलमा

काठमाडौं । सुनसरीका विशाल राई र दाङका अभिषेक सुनार प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुष यु–२४ को ४९ केजीको खेलमा शुक्रबार विशालले गुल्मीका कुमार बुढामगरलाई अंकका आधारमा हराए । यस्तै अभिषेकले रामेछापका सुरज स्याङताङलाई अंकका अधारमा नै पराजित गरे ।

पुरुष ४९ केजीमा काठमाडांै बक्सिङ क्लबका दिपेस राई पनि सेमिफाईनलमा प्रवेस गरेका छन् । पुरुष यू–२४ कै ५२ केजीको खेलबाट सफलता हात पादै ललितपुरका बुद्ध लामा,दाङका पदम साही,जिमखानाका अभिषेक अधिकारी र केन्द्रीय बक्सिङका जिवन पुन पनि सेमि फाइनलमा प्रवेश गरेका छन् ।

पुरुष यु–२४ को ५६ केजीको खेलमा जित निकाल्दै कास्कीका पुरन राजकोट, सुनसरीका रविन घिमिरे, भक्तपुरका सुजन पौडेल र प्लाटिनियमका डिकेस लामा सेमिफाइनलमा प्रवेस गरेका छन् । पुरुष यु–२४ को ६४ केजीको स्पर्धामा नक्सालका मनिस भण्डारी,कास्कीका पवन गुरुङ, केन्द्रीय बक्सिङका कमल श्रेष्ठ र नक्सालका विवेक सिंह पनि सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् ।

पुरुष यु–२४ को ७५ केजीमा मेघदुतका एमन महर्जन, टिकाथलीका प्रिन्स खड्का, दाङका गणेश विक र प्लाटिनियमका सुमन महर्जनले आ–आफ्नो खेलमा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

राखेप कभर्डहलमा भएको महिला यु–१९ को ४८ केजीको क्वाटरफाईनल खेलमा दाङकी सुशिला थापा र नक्सालका रमिता श्रेष्ठले सेमिफाइनलमा स्थान बनाएका छन् । महिला यु–१९ को ५१ केजीको क्वाटरफाईनल खेलमा झापाकी अरुण योञ्जन र नक्सालकी तेजी गुरुङले सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

प्रतिक्रिया