ब्रजेशको ‘साइड हिरो’

काठमाडौं । लेखक ब्रजेश खनालद्वारा लिखित संस्मरणात्मक कृति ‘साइड हिरो’ बजारमा आएको छ । पुस्तकमा ब्रजेशको तीन दशक लामो रेडियो, टेलिभिजन र चलचित्रमा अनुभवलाई उधिनिएको छ ।

कृतिमा बज्रेशले मनोरन्जन क्षेत्रमा बिताएका अनुभव र तिनले जन्माएका विचारलाई कलात्मक रूपमा उठाइएको छ । उनले आफ्नो जीवन अनुभवलाई साइड हिरोको रूपमा प्रस्तुत गरेर संस्मरण लेखेका छन् । जुन नयाँ ढाँचामा लेखिएको छ जसले आमपाठकका लागि सुरुचिपूर्ण र नयाँ लाग्ने प्रकाशक भनाइ छ ।

लेखक बज्रेशले पुस्तकमा आफ्नो व्यक्तिगत अनुभव र भोगाइलाई समेटेको जनाएका छन् । उनले भने, ‘पुस्तकमा आफ्ना उपलब्धि र आफूले गाडेका झण्डाहरू होइन, आफूले गर्न नसकेका र असफलताका कथाहरू लाई बढी समेट्ने प्रयास गरेको छु ।’ उनले पुस्तकको शीर्षक हिरो नराखी ‘साइड हिरो’ राखेको बताए ।

उनका यायावर र जुनेली उपन्यास प्रकाशित भइसकेका छन् । सांग्रिला बुक्सले प्रकाशित गरेको ‘साइड हिरो’ को मूल्य ४ सय ४८ रहेको छ ।

प्रतिक्रिया