एनसिसी बैंक र नेपाल लाइफबीच सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार एनसिसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरूबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रूपमा हस्ताक्षर गरे ।

प्रतिक्रिया