‘सानिमा जीवन श्री’ योजना सार्वजनिक

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ‘सानिमा जीवन श्री’ नामक नयाँ जीवन बिमा बजारमा ल्याएको छ । इन्स्योरेन्सले कम्पनीको प्रविधिक तथा व्यवसायिक समूह र जीवन बिमाका विसेषज्ञ बिमांकीको समूहबाट उक्त योजना ल्याएको हो ।

यस योजना अन्तर्गत जीवन बिमा गर्दा पुरा बिमा अवधिको लागि प्रतिहजार बिमांकमा ७० रूपैयाँ बोनस ग्यारेन्टी गरिएको कम्पनीले जानकारी दिएको छ । योजनाको बिमा शुल्क भुक्तानी अवधि ६, १०, १५ र १८ वर्ष र बिमा अवधि १०, १५, २० र २५ वर्ष निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

सो योजनामा न्यूनतम बिमांक ५ लाख रूपैयाँ र अधिक्तम बिमांक आय श्रोतको आधारमा निर्धारण गरिने छ । कम्पनीले १६ वर्षदेखि अधिकक्तम ६० वर्ष उमेरका व्यक्तिहरूलाई लक्षित गरी उक्त योजना ल्याएको हो । त्यस्तै, न्यूनतम बिमा अवधि १० वर्ष र अधिक्तम २५ वर्ष रहेको छ ।

प्रतिक्रिया