किसानलाई अनुदानमा आलुको बिउ

कञ्चनपुर । किसालाई व्यावसायिक खेतीतर्फ डो¥याउने उद्देश्यले बेलौरी नगरपालिकाले उन्नत जातको ८० मेट्रिक टन आलुको बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ ।

नगरपालिका क्षेत्रका २ सय ५ कृषक समूहका ५ हजार १ सय २५ किसानलाई बिउ वितरण गरिएको हो । कृषि शाखाका प्रमुख रणबहादुर मल्लका अनुसार प्रतिकिलो ५० पर्ने आलुको बिउ किसानलाई २५ मा उपलब्ध गराइएको हो ।

बिउ खरिदका लागि कृषि शाखा र किसानको १०÷१० लाख खर्च भएको छ । किसानलाई तरकारी लगाउन, हेरचाह गर्न, गोडमेल गर्न, रोग कीरा व्यवस्थापन गर्न तथा भण्डारण गर्ने तरिका बारे किसानलाई तालिमसमेत प्रदान गरिएको छ ।

यसैगरी, कृषि शाखाले नगरपालिका क्षेत्रका तीन सहकारीलाई ५० प्रतिशत अनुदानमा गहुँको मूल बिउ तथा २ सय ८ कृषक समूहलाई व्यावसायिक च्याउखेती गर्न ५० प्रतिशत अनुदानमा १० क्विन्टल बिउ उपलब्ध गराएको छ ।

प्रतिक्रिया