अनुदानको समयसीमा निर्धारण

काठमाडाैं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडित निजी आवास अनुदान रकम बुभ्mने समयसीमा निर्धारण गरेको छ ।

०७५ भदौ २१ गतेको प्राधिकरण निर्देेशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुभ्mने समय निर्धारण गरेको हो । पहिलो किस्ता लिने निश्चित समयावधि सकिए पनि अझै धेरै मानिसले अनुदान लिन बाँकी भएकाले काम नरोकिएको सहप्रवक्ता मनोहर घिमिरेले बताए ।

०७५ असार मसान्तसम्म प्रथम किस्ता प्राप्त गर्ने लाभग्राहीले ०७५ पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ०७५ पुस मसान्तसम्म दोस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीले ०७६ वैशाख मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्नेछ ।

पहिलो किस्तासमेत प्राप्त नगर्ने लाभग्राहीको हकमा प्राधिकरणले फरक खालको समयसीमा निर्धारण गरेको छ । प्राधिकरणले पहिचान भएका सेवाग्राहीहरूसँग अनुदान सम्झौता सम्पन्न गरी कात्तिक मसान्तभित्र पहिलो किस्ता लिने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

यस्तै २०७५ कात्तिक मसान्तसम्म पहिलो किस्ता प्राप्त गर्ने लाभग्राहीले ०७५ माघ मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ । त्यसैगरी ०७५ माघ मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने लाभग्रहीले ०७५ जेठ मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने प्रावधान छ ।

गुनासो सुनुवाइबाट आएका र पुनः सर्भेक्षण जोखिम वर्ग, परम्परागत बस्ती एवं बस्ती स्थानान्तरणबाट आउने लाभग्राहीका लागि उल्लिखित अनुदान किस्ता प्राप्त गर्ने समयावधि कार्यकारी समितिले निर्धारण गरेअनुसार हुने प्राधिकरणले जनाएको छ ।

पहिलो किस्ता लिएर पनि निजी आवास पुनर्निर्माण नगर्ने भूकम्पपीडितले तोकिएको समयावधिमा सो रकम सम्बन्धित निकायमा बुझाउन प्राधिकरणले निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया