गौतमले ल्याए ‘फर्केर आएन मायालु’

काठमाडौं । एक दशकअघि ‘पैसा कसले बनायो’ गीत गाएर चर्चामा आएका गायक दिनेश गौतमले नयाँ गीत लिएर सांगीतिक बजारमा आएका छन् । दिनेशको ‘फर्केर आएन मायालु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । पुस्तक प्रसादको शब्द तथा संगीत रहेको यो गीतसँगै संगीत जगत्मा दिनेशको कमब्याक भएको छ ।

गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र सृष्टि खड्काको अभिनय छ । निशान कश्यपको निर्देशनमा निर्माण भएको उक्त भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् । दिनेशको ‘म ईश्वर भएको भए’, ‘इमान बेचिदिन्छ मान्छे’, ‘छातीभित्र पतझड राखेको छु’, ‘हो यस्तै रहेछ माया’ लगायतका गीतले नेपाली सांगीतिक बजारमा चर्चा कमाएका छन् ।

प्रतिक्रिया