भ्याली पब्लिकको दोहोरो जित

काठमाडौं । आयोजक भ्याली पब्लिक स्कुलले १३औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो जित हात पारेको छ । शनिबार भएको भएको सिनियर छात्रमा बाल विकासलाई ३०–१३ स्कोरले पराजित गरेको भ्याली पब्लिकले सिनियर छात्राको खेलमा पनि बाबा स्कुललाई ४६–८ ले हरायो । विजेताकी सुजु गुरुङले १२ अंक जोडिन् ।

सिनियर छात्रको अन्य खेलमा गोल्डेनपिकले भद्रकालीलाई ४१–३०, ओडीसीले साउथ वेस्टनलाई ३०–१६ र बुढानीलकण्ठले काठमाडौं विद्याकुञ्जलाई ३५–३० ले हरायो । यसैगरी शनिबार नै भएको सिनियर छात्राको खेलमा एचएचसीएले ग्रिनल्यान्डलाई ४२–३२ ले पराजित ग¥यो । विजेताकी अनिता सुनुवारले २० अंक बटुलिन् । यस्तै टिआइएले स्किब्सलाई ३०–२१ ले पराजित ग¥यो ।

प्रतिक्रिया