चीनद्वारा काठमाडौं महानगरलाई अवार्ड

काठमाडौंं । काठमाडौं महानगरलाई चीनको हुआन सहरमा “फ्रेण्डसिफ सिटि फर एक्सचेन्जेज एन्ड कोअपरेसन विथ चाइना” अवार्डबाट सम्मानित भएको छ । हुआनमा नोभेम्बर १४ दखि १६ सम्म आयोजना भएको “चाइना इन्टरनेसनल फ्रेन्डसिप सिटिज कन्फरेन्स २०१८” मा महानगर अवार्डबाट सम्मानित भएको हो ।

अवार्डका लागि तिब्बतको ल्हासा नगरले महानगरलाई सिफारिस गरेको थियो । उक्त सम्मेलनमा महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी सहभागी भएका थिए । उनीहरू सम्मेलन सकेर शनिबार स्वदेश फर्केका छन् । उनीहरूलाई संघीय संसद् सदस्य रामवीर मानन्धर, महानगरका कार्यवाहक मेयर भरतलाल श्रेष्ठसँगै जनप्रतिनिधि र कर्मचारीहरूले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका थिए ।

अन्तर्राष्ट्रिय स्तरका विशिष्ट व्यक्तिको दृष्टिकोण बुझ्ने मौका पाइयो । विकास निर्माणका काम कसरी गर्ने भन्न विषयमा छलफल भएको काठमाडौं महानगरपालिकाकि उपमेयर श्रेष्ठले जानकारी दिइन् । विकास निर्माण कसरी आधुनिक र समृद्ध सहर निर्माणका लागि अन्तर्राष्ट्रिय अभ्यासलाई हाम्रो परिवेशमा रूपान्तरण गर्ने हौसला मिलेको छ ।

श्रेष्ठ भन्छिन् ,‘छेन्दुलगायत अन्य विभिन्न नगरका प्रमुख र उपप्रमुखसँग आपसी सहयोगका कुरा गरेका छौँ । हामीले सिकेका र जानेका कुरा महानगरवासीको हितमा उपयोग गर्छौं ।’

सम्मेलनमा सहभागिता जनाउन गत सोमबार चीन प्रस्थान गरेका थिए । विकासका अवसर र आपसी साझा जीत सेयरिङ डेभलपमेन्ट अपरच्युनिटिज एन्ड डिपिङ् विन विन कोअपरेसन” विषयमा केन्द्रित सम्मेलन, चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज (सिपिएएफएफसि), चाइना इन्टरनेसनल फ्रेन्डसिप एसोसिएन (सिआइएफसिए) र हुआन म्युनिसिपल्स पिपुल्स गभर्मेन्टले आयोजना गरेका हुन् ।

जसमा युनाइटेड सिटिज एन्ड लोकल गभर्मेन्ट (युसिएलजी) का सदस्यहरूसमेत सहभागी थिए । आधुनिक र वातावरणमैत्री सहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदान प्रदान गर्न सम्मेलन प्रभावकारी रहेको उप मेयर श्रेष्ठले बताइन् । सो सम्मेलनमा चीनसँग भगिनी सम्बन्ध भएका ६० वटा अन्तर्राष्ट्रियसहित ८ सय नगरका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया