ललितपुरका सडकमा विद्युतीय बत्ती

ललितपुर । ललितपुर महानगरपालिकाले वडाहरूमा विद्युतीय सडक बत्ती राख्ने भएको छ । २९ वटा वडामध्ये ६ र ९ मा ३० वाटको लिड लाइट नामक विद्युतीय सडक बत्ती जडान भइसकेको भए पनि वडा–१२ ले सडक बत्ती राख्ने भएको छ ।

वडा–१२ ले एक सातादेखि १५ दिनमा ३० वाटको लिड लाइट जडान गर्ने वडाध्यक्ष नारायण अवालेले जानकारी दिए । वडा–९ ले चाइनाबाट झिकाएको ३० वाटको लिड लाइट नामक सडक बत्ती मलाई साह्रै मन पर्यो’, अवालेले भने, ‘यसले दुत गतिमा सडक भर विद्युतिय प्रभाव गर्दाेरहेछ ।

च्यासल हुँदै बटुक भैरवसम्मको दायाँ, बायाँ, बीच र भित्रिगल्लीमा ३० वाटको विद्युतीय बत्ती जडान गर्ने तयारी भएको छ ।’ सडक बत्ती जडान गर्न बाँकी रहेका अन्य वडामा भने विस्तारै काम अघि बढाउने तयारी भएको महानगरले जनाएको छ । लोडसेडिङको समय हुँदा ४० देखि ५० वाटको सोलार लाइट जडान गर्नु एक बाध्यता बनेको थियो ।

सोलार लाइट जडान गरेको ४-५ वर्षमा त्यसको ब्याट्री खतम हुने र खिया लाग्ने समस्या देखिएपछि वडाहरू विद्युतीय लिड लाइट जडान गर्न आकर्षित भएका देखिन्छन् । वडा १२ ले विद्युतीय सडक बत्ती जडान गर्न तीन लाख रकम छुट्ट्याएको छ, अवालेले बताए ।

प्रतिक्रिया