देउसीभैलोको रकमबाट प्रतीक्षालय

बागलुङ । तिहारमा खेलेको देउसीभैलोबाट सङ्कलित रकमले बागलुङ जिल्लाको बडीगाड गाउँपालिका २ खर्वाङ बजारमा रु एक लाख १५ हजारमा प्रतीक्षालय निर्माण भएको छ । ‘रिभर साइड गल्स’ समूह बडीगाड २ खर्वाङले गत वर्ष र यस वर्ष खेलेको देउसीभैलो कार्यक्रमबाट संकलन गरेको रकमले सो प्रतीक्षालय निर्माण भएको हो । समूहले गत वर्षको देउसीभैलोबाट संकलित रु ५० हजार र ६५ हजार ऋणबाट सो प्रतीक्षालय बनाइएको हो ।
देउसीभैलोबाट संकलन गरेको रु ६५ हजार रकमले प्रतीक्षालय निर्माण गर्दाको ऋण चुक्ता गरेको समूहका अध्यक्ष सुनिता कार्कीले बताएकी छन् । प्रतीक्षालय निर्माणपछि यात्रु तथा विद्यार्थीलाई निकै सहज भएको छ’ ‘खर्वाङ बजार व्यवस्थापन समितिका अध्यक्ष टङ्क भुजेलले भने । देउसीभैलो खेल्ने विद्यालय उमेरका बालिका हुन् ।

प्रतिक्रिया