कोकाकोलाको लेबलहरूमा व्यक्तिगत सन्देश

काठमाडौं । नेपालमा कोकाकोलाले यस वर्षको दसैँ र तिहार उत्सवको मौसमका लागि १६ विभिन्न सन्देश भएको विशेष उत्सव लेबलको साथ कोकको बोटलहरूको मार्केटिङ र वितरण गर्दै आएको छ ।

र अब भने पहिलोपटक, नेपालमा कोकाकोलाले उच्चतम स्तर लिएको छ जसमा उपभोक्ताहरूले आफ्नो व्यक्तिगत र निजीकृत सन्देशहरू कोकको बोतलका लेबलहरूमा तुरुन्तै प्रिन्ट गर्न सक्छन् । सन्देशहरू जति चाहियो उति विशिष्ट र व्यक्तिग हुन सक्छनेछन् ।

उपभोक्ताहरूलाई यो सेवा प्रदान गर्न, कोकाकोलाले नेपालका विभिन्न शहरहरूको मल्स र सुपरमार्केटमा कोकको बुथहरू स्थापित गरेको छ । बीबीएसएम पटान, लबिम मल, केएल टावर, सिटी सेन्टर र बिबिएसएम भक्तपुरमा विभिन्न मितिहरूमा बुथ राखिएको छ ।

उपभोक्ताहरू यो संदेश दिनको लागि बुथमा गई, लेबलमा प्रिन्ट गर्न सक्छन् । यो अभियानले अहिलेसम्म राम्रो प्रतिक्रिया पाई रहेको छ र अधिक उपभोक्ताहरूलाई आकर्षित गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया