रिलायन्स लाइफले थप्यो ७ शाखा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ७ नयां शाखाहरूको उद्घाटन गरेको छ । कम्पनीले धनगढी, महेन्द्रनगर, दैलेख, डडेल्धुरा, टिकापुर, नेपालगञ्ज, सुर्खेत र दैलेखमा आफ्ना नयाँ शाखाहरूको उद्घाटन गरेको हो ।

धनगढी शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र प्रदेश–७ का आर्थिक मामिला तथा योजनामन्त्री माननीय झपटबहादुर बोहराले संयुक्त रूपमा गरे ।

त्यसैगरी, कम्पनीको नायब कार्यकारी अधिकृत निराजन कंडेलको साथमा महेन्द्रनगर शाखाको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, डडेल्धुरा शाखाको अमरगढ़ी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझा, दैलेख शाखाको जिल्ला समन्वय समितिका कामु प्रमुख बालकृष्ण केसी र प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोख्रेल, टिकापुर शाखाको टिकापुर नगरपालिकाका उपमेयर मती केशरी विष्ट रावल, नेपालगञ्ज शाखाको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमसेर राणा, सुर्खेत शाखाको प्रदेश ६ का आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशज्वाला बुढाथोकीले उद्घाटन गरे ।

प्रतिक्रिया