नयाँ बानेश्वरमा नयाँ एनसेल सेन्टर

काठमाडौं । एनसेल प्रालिले नयाँ बानेश्वरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीको नयाँ ब्रान्ड वाचा ‘आज, भोलि, सधैँ सँगै’ अनुरूप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ । ‘नयाँ बानेश्वरको यो नयाँ सेन्टर ग्राहकमैत्री डिजाइनमा छ, जसले एनसेल ग्राहक केन्द्रित कम्पनी हो भन्ने तथ्यलाई प्रतिबिम्बित गर्छ । यसको सञ्चालन हाम्रो लागि नयाँ यात्राको शुरुवात पनि हो, जसअन्तर्गत हामी आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्न आउँदा दिनमा थप यस्ता सेन्टर सञ्चालनमा ल्याउनेछौँ,’ नयाँ सेन्टरको उद्घाटन गर्दै एनसेलका प्रमुख कमर्सियल अधिकृत एन्डी चोङले भने ।

नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले नयाँ बानेश्वर सेन्टरमा आएका पाँच जना ग्राहकलाई उपहार प्रदान गर्दै सम्मान पनि गरेको थियो । एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवातथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्छन् ।

त्यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरू र विज प्लानहरू बदल्न, अन्तर्रा्ष्ट्रिय रोमिङ सुचारु गर्न, बिल तिर्ने, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका सेवाहरू प्राप्त गर्न सक्छन् । सेन्टर आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान ९ बजे खुल्ने र साँझ७ बजेसम्म सेवा प्रदान गर्नेछ । त्यसैगरी शनिबारका दिन बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म सेन्टरबाट सेवा लिन सकिनेछ ।

प्रतिक्रिया