मोरङको लेटाङमा एनआइसीको नयाँ शाखा

काठमाडौं । एनआइसी एसिया बैंकले मोरङको लेटाङ नगरपालिका वडा नं ४मा नयाँ शाखा स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले उद्घाटन गरे । सो अवसरमा ढुंगानाले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सबलीकरण अभिवृद्धि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।

मुलुकभर २ सय ६४ शाखा कार्यालयहरू, २ सय ६४ एटिएम, २७ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । एनआईसी एशिया बैंकको वासलातको आकार २ सय अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ सय ६८ अर्ब तथा कर्जा १ सय ४१ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५०हजार रहेको छ ।

प्रतिक्रिया