आइसिसी विश्वकपको ट्रफी वसन्तपुरमा प्रदर्शन

काठमाडौं । आइसिसी विश्वकप क्रिकेटको ट्रफी काठमाडौंको वसन्तपुरमा सोमबार प्रदर्शन गरिएको छ । यसपछि उक्त ट्रफी भारत लगिनेछ । नेपालमा रहँदा ट्रफीलाई पहिलो दिन शुक्रबार स्वयम्भू, दोस्रो दिन पोखरा र आइतबार चन्द्रागिरिमा पुर्याइएको थियो । आइतबार साँझ ट्रफी राष्ट्रिपति विद्यादेवी भण्डारीसमक्ष सार्वजनिक गरिएको थियो ।

आइसिसीको विश्व भ्रमणको दौरानमा विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गरिएको हो । नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याइएको हो । विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिँदै छ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक ल्याइएको हो ।

सय दिन विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी टुर ओमान, अमेरिका, वेस्टइन्डिज, श्रीलंका, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (युएई) हुँदै नेपाल ल्याइएको थियो । ट्रफी नेपालबाट भारत, न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड र जर्मनी हुँदै इंग्ल्यान्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० सहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।

प्रतिक्रिया