टुर्बोगको ड्रिम बिगप्रोजेक्ट सुरु

अन्तर्राष्ट्रिय कोल्याबोरेसन ‘स्टे ओपन’को व्यापक सफलतापछि टुर्बोगले ‘आर्बिट्ररी ग्रुप’को सहकार्यमा सफलतापूर्वक टुर्बोग ओपन सेसन्स् ल्याइएको थियो र अब ‘टुर्बोग ओपन सेसन्स्’ अन्तर्गतकै ‘ड्रिम बिग प्रोजेक्ट’ल्याउँदै छ ।

टुर्बोग ओपन सेसन्स् ‘हर्षको गीत’बाट सुरु भएको थियो र हरेक शनिबार र बुधबार बिहान ८ बजे युट्युब च्यानल,‘च्यानल आर्बिट्ररी’ मा गीत प्रदर्शन भइरहेको छ । उक्त ओपन सेसन्स्मा मनोज कुमार केसी, विधान श्रेष्ठ, दिपक बज्राचार्य, उदय सोताङ, शितल मोक्तान, श्रेया सोताङ, रोहित जोन क्षेत्री, स्वप्न सुमनलगायत नेपाली संगीत क्षेत्रका लोकप्रिय कलाकारहरू रहेका छन् ।

ओपन सेसन्स्मा अलिअलि, प्रिय, तिमीलाई सम्झी, माछी मारन, म हुँ म, कुनै दिन, जीवन, उ पो को होला, तिमी र म, रानी बनैमा, किन हो किन, अपराधी, बिर्सिने हौ कि, औँल्याई सक्यो जस्ता गीतहरू समावेश गरिएको छ । उक्तगीतहरूले सामाजिक सञ्जालमा कुल २० लाखदर्शक मार्फत ३० लाख भ्यु पुर्रयाई १ करोड चोटी प्रभावपार्न सफलभएको छ ।

टुर्बोग ओपन सेसन्स्, एउटा युट्युब शृंखला हो जसमा, लोकप्रिय तथा चल्तीका नेपाली कलाकारहरूको स्टुडियोमा प्रत्यक्ष प्रसारण गरिन्छ । पुराना नेपाली लोकप्रिय गीतहरूदेखि चल्तीका गीतहरू समावेश गरिन्छ । उक्त डिजिटल प्ल्याट्फर्ममा नेपाली संगीतलाई विभिन्न शैलीमा प्रस्तुत गरिन्छ ।

निकै सफलता पाएको टुर्बोगको अन्तर्राष्ट्रिय सांगीतिक ट्रयाक स्टे ओपन को अवधारणालाई पछ्याउँदै टुर्बोग ओपन सेसन्स् सुरु भएको हो । उक्त ट्रयाक, टुर्बोग ओपनका लागि अमेरिकी निर्माता तथा डिजे डिप्लो र डेनिस गायिका मो को सहकार्यमा रेर्कड गरिएको थियो । ट्रयाकको नेपाली संस्करणको लागि र्यापर लाउरे र गायक तथा संगीतकार बिपुल क्षेत्रीले ओपन टु मोर को औचित्यलाई प्रस्तुत गर्र्दै ट्रयाकको शब्दहरू पुनः लेखन गरेका थिए । टुर्बोगको सहायताले नेपाली कलाकारहरू लाउरे र बिपुलले अन्तराष्ट्रिय कलाकारहरू डिप्लो र मो सँग सहकार्य गरी एक कोल्याबोरेटिभ गीत र भिडियो प्रस्तुत गर्न सफल भए ।

उत्कृष्ट युट्युब म्युजिक च्यानल, च्यानल आर्बिट्ररीसँग मिली टुर्बोग ओपन सेसन्स्ले नेपाली संगीत क्षेत्रको अभाव पूरा गर्ने र कलाकार तथा संगीतकारहरूले सँगै काम गराई नयाँ अनुभवहरू बटुल्न तथा नयाँ कलाकारहरूलाई मौका दिने उद्देश्य राखेको छ ।

टुर्बोग ओपन सेसन्स् को सांगीतिक योजनाकार मनोज कुमार केसी रहेका छन् । बहुचर्चित ब्यान्ड १९७४ ए.डी. का सदस्यतथा रचनाकार केसी, निकै लामो सांगीतिक यात्रा गरेका नेपाली सांगीतिक क्षेत्रका परिचित व्यक्तित्व हुन् । केसी र काठमाडांै ज्याजकन्जरभेटरीको सहयोगमा यो परियोजना सम्भव भएको हो ।

हाल जारी टुर्बोग ओपन सेसन्स्को सफलता पछि, ड्रिम बिग प्रोजेक्ट सुरुहुँदैछ । ड्रिम बिग प्रोजेक्ट, टुर्बोग ओपन सेसन्स्को एउटा भाग हो जसमा, मानिसहरूलाई टुर्बोग ओपन सेसन्स्को मञ्चमा स्वयंम आफ्नो सांगीतिक प्रस्तुती देखाउने मौका पाउने छन् ।

एक वेभ र्पोटल तयार पारिएको छ जसमा, कोही पनि इच्छुक गायक वा ब्यान्डले आफ्नो रचना वा अरू कलाकारहरूको गीत प्रस्तुत गरी अपलोड गर्न सक्नेछन् । अपलोड भएका सबै भिडियोहरूमध्ये, १० जना उत्कृष्ट गायक वा ब्यान्डहरूको छनोट हुनेछ । छनोट भएका प्रतियोगीहरूले काठमाडौं ज्याज कन्जरभेटरी र टुर्बोग ओपन सेसन्स्का संगीतकारहरूसँग काम गर्ने मौका पाउनेछन् । छनोट भएका भिडियोहरू पछि च्यानलआर्बिट्ररी र टुर्बोग ओपन सेसन्स्को फेसबुक पेजमा अपलोड हुनेछ ।

टुर्बोगको कलाकारहरूसँग सांगीतिक सहकार्यको लामो इतिहास रहेको छ । टुर्बोग ओपन सेसन्स् अन्र्तगतको ड्रिम बिग प्रोजेक्ट बाट टुर्बोगले नेपालमा युवा कलाकारहरूको लागि डिजिटल सांगीतिक कोल्याबोरेशनमा नयाँ प्रवृत्ति ल्याउने उद्देश्य राखेको छ ।

प्रतिक्रिया