घुससहित कर्मचारी पक्राउ

काठमाडौं । दसैँको मुखमा सरकारी कर्मचारी धमाधम घुसको रकमसहित प्रक्राउ पर्न थालेका छन् ।

आइतबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई घुससहित प्रक्राउ गरेको छ । अधिकृत कृष्णप्रसाद सुवेदीलाई १ लाख रुपैयाँ घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार उनले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि घुस माग गरेका थिए । यस्तै, सुर्खेतको पञ्चपुरी नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्चार्ज इन्सपेक्टर सुशोभन श्रेष्ठ र जवान तिलक लामिछाने पनि १५ हजार घुसको रकमसहित पक्राउ परेका छन ।

सालकोट प्रहरी चौकीमा सेवाग्राहीबाट घुस लिएर भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अख्तियारको सुर्खेत कार्यालयले जनाएको छ ।

प्रतिक्रिया