एचआइभी संक्रमित एआरटी सेन्टरमा

संखुवासभा । जिल्लामा रहेका एचआइएभी संक्रमितहरूले नियमित परीक्षण र औषधि सेवन गरेको पाइएको छ ।

जिल्ला अस्पतालमा तीन वर्षअघि एचआइभी संक्रमितहरूका लागि औषधि वितरण केन्द्र वा एआरटी सेन्टर सञ्चालनमा आएपछि एचआइभी संक्रमितहरू आकर्षित भएका हुन् । जिल्लामा यो औषधि वितरण केन्द्र स्थापना नहुँदा संक्रमितहरूले धरानबाट ल्याएर औषधि सेवन गर्दै आएका थिए ।

जिल्ला एड्स समन्वय समितिको पहलमा जिल्लामा नै यस्तो सेवा पाएपछि संक्रमितहरू पनि खुसी छन् । उनीहरू भन्छन्, ‘यो केन्द्र यहाँ स्थापना थिएन भने हामीलाई धरान, विराटनगर, काठमाडौं पुग्नुपथ्र्यो, आर्थिक पनि अभाव हुन्थ्यो, हामी नियमित औषधि खान पाउँदैनथ्याैँ र ज्यान नै जाने अवस्था पनि आउन सक्थ्यो । तर, जिल्ला अस्पतालमा नै यो सुविधा पाएपछि हामी खुसी छाैँ, नियमित औषधि खान पाएका छौँ ।’

जिल्लामा नै एआरटी सेन्टर स्थापना भएपछि केही नयाँ संक्रमितसमेत फेला परेको एचआइभी एड्सका जिल्ला फोकल पर्सन रोसन श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्लामा एचआइभी संक्रमित ३३ जनाले नियमित औषधि सेवन गरिरहेका छन् । ३३ मध्ये १८ जना महिला र १५ जना पुरुष रहेका छन् ।

जसमा १२ जना छिमेकी जिल्ला भोजपुरका रहेका छन् । श्रेष्ठले प्रदेश–१ का सबै जिल्लामा यो कार्यक्रम लागूू भए पनि प्रभावकारी कार्य गर्नेमा संखुवासभा नै पहिलो भएको दाबी गरे । उनका अनुसार अन्य जिल्लामा यो कार्यक्रम प्रभावकारी नभएकोले पनि यही आउने गरेका छन् ।

श्रेष्ठका अनुसार जिल्लामा गर्भवती महिलाहरूको स्वेच्छिक रूपमा एचआइभी परीक्षण हुने गरेको छ । यस्तो परीक्षणलाई पिएमटिसिटी भनिन्छ । विशेषगरी गर्भवती महिलाहरूमा एचआइभी संक्रमण रहे नरहेको प्रारम्भीक जानकारी हुनेछ । यदि, गर्भवति आमा संक्रमण भएको पाइएमा निजलाई सुरक्षित प्रसूूति गराउने र औषधिसमेत खुवाई बच्चा एचआइभी संक्रमित हुनबाट जोगाउनेसमेत व्यवस्था छ । अन्य व्यक्तिहरूको भने शंकास्पद देखिएमा मात्रै परीक्षण गर्ने गरिएको छ ।

यो सुविधा जिल्ला अस्पतालसहित चार प्राथमिक स्वास्थ्य केन्द्र र ३३ वटै स्वास्थ्यचौकीमार्फत भइरहेको श्रेष्ठले जानकारी दिए । संक्रमित गर्भवती आमाबाट जन्मिने बच्चामा एचआइभी सर्ने दरसमेत रोक्न पनि सफल भएको उनले बताए ।

एचआइभी एड्सका जिल्ला फोकल पर्सन रोसन श्रेष्ठका अनुसार जिल्लामा नयाँ रोगी कमै मात्र भेटिने गरेको भए पनि पहिले नै संक्रमित भएकाहरू अझै पनि स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर रहेको हुनसक्ने बताए । उनले भने, ‘जनचेतनाको अभावमा एचआइभी भन्ने सुन्नासाथ नकारात्मक सोच जन्मिएर र लाज, डर र त्रासका कारणले पनि केही केही स्वास्थ्य संस्थाको पहुुँचभन्दा बाहिर हुन सक्छन् ।’

उनले थपे, ‘जिल्लामा अझै पनि एचआइभी सक्रमितहरूलाई हेर्ने दृष्टिकोण नराम्रो रहेकाले उनीहरू लुकेर बस्न बाध्य हुने गरेका छन् । एचआइभी संक्रमित नराम्रो क्रियाकलापले मात्रै लाग्ने ग्रामीण स्तरका नागरिकका सोचले उनीहरूलाई हेर्ने दृष्टिकोण नराम्रो हँुदा नागरिक एचआइभी परीक्षण गर्नै नमान्ने र नियमित औषधि सेवन नगर्ने र लुकेर बस्ने गरेका छन् ।

त्यस्ता नागरिकहरूलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन जिल्लामा रहेको अरुण प्लस महिला मिस्रित सरोकार केन्द्रले पनि सहयोग गरिरहेको छ । स्वास्थ्य सेवाको पहँुचमा आउन नमान्ने नागरिकहरूलाई सरोकार केन्द्रका पदाधिकारीहरूले परामर्श गरेर स्वास्थ्य सस्था पु¥याउने गरेका छन् ।

जिल्ला अस्पतालमा यौन रोगीहरूलाई काउन्सिलका लागि छुट्टै कक्ष अर्थात् भिसिटी सेन्टरको व्यवस्था गरिएको खाँदबारी अस्पतालले जनाएको छ । प्रारम्भीक अवस्थामै रोग पत्ता लगाई रोकथामका उपायहरू अपनाउन सके केही समयसम्म सहजै बाँच्न सकिने स्वास्थ्यकर्मी बताउँछन् ।

नेपालमा सन् १९८८ बाट देखिएको एचआइभीबाट अहिले ५० हजार बढी जना संक्रमित रहेका छन् । विशेषगरी रगतको माध्यमबाट एकबाट अर्को व्यक्तिमा सर्ने भएकाले यो रोगको संक्रमण असुरक्षित यौन सम्पर्कबाट फैलिने गरेको चिकित्सक बताउँछन् । यदि एचआइभिको कुनै शंका लागेमा स्वास्थ्य संस्थामा गएर जाँच गराउन पनि उनीहरूले आग्रह गरेका छन् ।

प्रतिक्रिया