दसैँको अर्थतन्त्र

कम्युनिस्टहरूको भाषालाई सापट लिएर भन्नुपर्दा दसैँको अवसरमा वा दसैँ मान्ने नाममा गरिने यस्तो अस्वस्थ प्रतिस्पर्धा र देखासिकीले निश्चय नै पुँजीवादीहरूको उपभोगवादी संस्कृतिलाई बढावा दिएको छ । तर, सकारात्मक ढंगले हेर्ने हो भने दसैँ मात्रै होइन, हरेक विशेष अवसरहरू र चाडपर्वमा जति उपभोक्ता बढ्यो, त्यत्ति नै उद्योगी, व्यवसायी र व्यापारीलाई फाइदा ! जति उद्योगी÷व्यवसायी र व्यापारीलाई फाइदा भयो त्यत्ति नै राज्यलाई फाइदा ! किनकि, उद्योगी÷व्यवसायी र व्यापारीलाई फाइदा हुनु र उनीहरूले प्रगति गर्नु भनेको स्वदेशमै रोजगारीको सिर्जना हुनु पनि हो ।

विश्वका जुहाँसुकै देशमा बसेका जातजाति, भाषाभाषी र धर्मालम्बीहरूले आआफ्नो आस्था, विश्वास, परम्परा र मूल्य मान्यताअनुसार समाजमा रीतिथिति बसाल्न र चली आएको धर्म, संस्कार र संस्कृतिअनुसार विभिन्न उत्सव र चाडपर्वहरू मनाउने गरेका छन् ।

धर्मको सवालमा भन्नुपर्दा जनसंख्याका आधारमा हाल विश्वमा पाँच ठूला धर्महरू (एक समूह धर्मै नमान्ने नास्तिक ) हरू रहेका छन् । अथवा हालको अवस्थामा विश्वमा ६ समूह÷प्रकारका धर्मालम्बीहरूको अस्तित्व देखिन्छ । त्यसभित्र पनि अनेक शाखा, उपशाखाहरू रहेका छन् ।

जे भए तापनि यी धार्मिक समुदायहरूमा ठूलो संख्यामा रहेकाहरूमा क्रमशः क्रिस्चियन, इस्लाम, धर्मै नमान्ने (नास्तिक) हरू, हिन्दू र बौद्ध हुन् भने यी पाँच धार्मिक (एक नास्तिक ) समुदायबीच पनि अनेकौँ शाखा, उपशाखाहरू जन्मिसकेको अवस्था छ ।

जे होस्, हालसम्मको अवस्था हेर्दा संख्याको आधारमा विश्वमा सबैभन्दा धेरै संख्या अर्थात् मानिसले मान्ने÷मानेको वा विश्वास गरेको धर्म भनेको क्रिस्चियन रहेको छ ।

सन् २०१२ मा विकिपेडियाले प्रकाशित गरेको एक तथ्यांकअनुसार क्रिस्चियन धर्मालम्बीहरू विश्वको कुल जनसंख्याको ३१ दशमलव ५ प्रतिशत छन् भने दोस्रोमा इस्लाम धर्मालम्बीहरू छन् । इस्लाम धर्मालम्बीहरू विश्वको कुल जनसंख्याको २३ दशमलव २ प्रतिशत रहेका छन् ।

त्यस्तै, नास्तिकहरू १६ दशमलव ३ प्रतिशत, हिन्दू धर्मालम्बीहरू १५ प्रतिशत, बौद्ध धर्मालम्बीहरू ७ दशमलव १ प्रतिशत, लोक÷प्राकृतिक (अंग्रेजीमा फोक भनिएको छ ।) धर्म मान्नेहरू ५ दशमलव ९ प्रतिशत र अन्य धर्म मान्नेहरू १ प्रतिशत रहेको देखाइएको छ ।

जे होस्, यहाँ नेपाली हिन्दू धर्मालम्बीहरूको महान चाड ‘बडा दसैँ’ र यही चाड मान्ने क्रममा हुने आर्थिक चलखेल वा दसैँको वेला हुने चलायमान अर्थतन्त्रका बारेका केही चर्चा गर्ने जमर्को गरिएको छ ।

हुन त दसैँलाई विभिन्न नाममा नेपाल, भारत, मौरिसस, फिजी, गुयना, भुटान, सुरिनाम, ट्रिनिटाड एन्ट टोबाको, संयुक्त अरब इमिरेटस् (युएई) , श्रीलंका, कुवेत, बंगलादेश, बहराइन, सिंगापुर, मलेसियालगायत देशमा बसोबास गर्दै आएका विश्वभरिका हिन्दू नेपालीहरूले महान अर्थात् प्रमुख चाडको रूपमा मान्ने गरेका छन् ।

यो चाडलाई नेपालीहरूले बडा दसैँ र भारतीयहरूले ‘विजया दशमी’ भन्छन् । यही चाडलाई नेपालकै नेवार समुदायमा ‘मोहनी’ भनेर मान्ने गरिएको छ । त्यस्तै, भारतमा दसैँलाई ‘दशेरा’ भनी मनाउने गरिएको पाइन्छ । भारतमा दशेराको खासै महत्व छैन ।
नेपालका हिन्दू धर्मालम्बीहरूको प्रमुख चाडहरूमध्ये एक नम्बरमा पर्ने बडा दसैँ मान्ने क्रममा बर्सेनि खर्र्र्बाैं रकमको आर्थिक कारोबार हुने गरेको छ । दसैँ मान्ने क्रममा त्यसरी खर्च हुने खर्र्बाैं रुपैयाँमध्ये मुख्यगरी ‘खाना’ र ‘नाना’ अर्थात् लत्ताकपडामा खर्च हुने गरेको देखिन्छ ।

गत तीन वर्ष अघिको बडा दसैँको अवरसरमा प्रकाशित एक तथ्यांकअनुसार ०७० सालको दसैँको अवसरमा मात्रै लगभग १ खर्ब रुपैँयाँ बराबरको हाराहारीमा नेपालीहरूले दसैँ मान्ने क्रममा विभिन्न प्रयोजनका लागि रकम खर्च गरेका थिए । त्यसमध्ये लत्ताकपडा मासुजन्यमा मात्रै लगभग ३०–४० अर्ब रुपैयाँ खर्च गरेका थिए, उपभोक्ताहरूले ।

हुन पनि ०७१ को दसैँ ताका मात्रै बैंक, फाइनान्स, सहकारीलगयात विभिन्न वित्तीय संस्थाबाट सेवाग्राहीले दसैँ खर्चकै लागि भनेर ४५ अर्ब रुपैयाँभन्दा बढी रकम निकालेका थिए भने ०७० को दसैँको अवरसरमा विदेशमा काम गर्न गएका नेपाली कामदारहरूले पठाएको रकम अर्थात् रेमिट्यान्स पनि ४४ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।

यो रेमिट्यान्स भनेको अन्य सामान्य समयमा भन्दा २५ प्रतिशतले बढी रहेको थियो । यी सबै रकम (लगभग ९० प्रतिशत) ‘खाना’, ‘नाना’ र ‘घरायसी सरसमान खरिद’ गर्नमा खर्च भएको देखिएको थियो ।

स्मरणीय तथ्य के पनि हो भने, हाम्रो देश नेपालमा संघीयता लागू भइसकेको भए तापनि सबै कुरो विकेन्द्रीत भइ नसकेकोले अवसर खोज्न÷पाउन देशको जुनसुकै ठाउँका मानिस पनि देशको राजधानी सहर काठमाडांैमा आउनुपर्ने बाध्यता अझैँ पनि रहेको छ ।

अतः हामी सबै नेपाली नेपालको जुनसुकै भूगोल, क्षेत्र, अञ्चल, जिल्ला, गाविस, वडा, टोल जहाँ÷जुन ठाउँको भए पनि हालसम्म केही गर्न चाहने वा अवसरको खोजीमा रहेका अधिकांशलाई राजधानी काठमाडाैंमा नै आउनु बाध्यता अझैँ हटिसकेको छैन ।

अतः अवसरको खोजीमा यसरी देशको राजधानी काठमाडाैं सहर छिरेका नेपालका ७७ वटै जिल्लाका मान्छेहरू ( भलै उनीहरू सबै हिन्दू धर्मालम्बी हुँदैनन् । तापनि मोफसलबाट विभिन्न कारण (लामो विदा हुने कारण प्रमुख हो) ले राजधानी छिरेका सबै नेपालीहरूले दसैँको अवसरमा आआफ्नो गाउँ–घर फर्कन्छन् ।

त्यसो त दसैँ बिदा विगतमा भन्दा धेरै छोटो भइसकेको छ ।) चुरो कुरो के भने यसरी दसैँ बिदामा घर फर्कने यात्रुले मात्रै हवाइजहाज, बस, जिपलगायतका यातायात खर्चमा मात्रै ३ अर्बभन्दा बढी रकम खर्च गर्छन् भन्ने भनाइ छ । उता वैदेशिक रोजगारीको सिलसिलमा विभिन्न देशमा गएका नेपालीहरू पनि दसैँको अवसरमा मात्रै ५० हजारभन्दा बढी बिदा मिलाएर घर आउँछन् ।

उनीहरू यसरी स्वदेश आउँदा विदेशी हवाइजहाज कम्पनीहरूले टिकटबापत कमाउने रकम छुट्टै छ । त्यसैगरी, नेपालीले चाडपर्वको अवसरमा खानपिनमा गर्ने खर्चको कुरो गर्दा हाल समग्रमा बढिरहेको उपभोक्ता भनेको मदिराजन्य उत्पादन र उपभोग पनि एक देखिएको छ ।

हुन त मदिराजन्य उपभोग्य वस्तुको कुरो गर्दा यी मदिराजन्य वस्तु नेपालमै प्रशस्त उत्पादन हुनेभन्दा पनि विदेशबाट आयात हुने गरेको छ । यसरी नेपालमा विदेशबाट आयात हुने मदिराजन्य उत्पादनको आयात ०६६÷६७ देखि नै बढी रहेको भए तापनि ०७१÷७२ देखि झन् धेरै बढेको देखिन्छ ।

०७१÷७२ मा १ अर्ब ७३ करोड रकम बराबरको विदेशी मदिराजन्य उत्पादन नेपालमा आयात भएको थियो भने ०७२÷७३ मा २ अर्ब २० करोड रकम बराबरको विदेशी मदिराजन्य उत्पादन नेपालमा आयात भएको देखिन्छ । यसले नेपाली समाजमा मदिराजन्य संस्कृतिले डरलाग्दो ढंगले जरा गाड्दै गएको देखाउँछ ।

भनिन्छ, वर्ष दिनमा एकचोटि आउने चाडबाड भनेकै एक प्रकारले नयाँ र राम्रो लुगा लगाउनु, मीठो मसिनो खानु, आफन्त, नातागोता, इष्टमित्र र कुटुम्बबीच भेटघाट गरेर वर्षभरिको दुःखकष्ट भुलेर रमाइलो गर्नका लागि हो । अझ बडा दसैँमा त आफूभन्दा ठूला बडाको हातबाट टीका, जमरा लगाउनु र उनीहरूबाट आशीर्वाद थाप्नु पनि हो भने सानाले पनि आफू भन्दा ठूलालाई आदर र सम्मान गर्नु अनिवार्य नै मानिन्छ ।

तापनि हामी नेपालीबीच भने दसैँ मात्रै नभएर कुनै पनि चाडबाड आफ्नो गच्छेअनुसार उमंगको चाडको रूपमा मनाउनेभन्दा पनि चाडबाडको नाममा अनावश्यक आडम्बर, देखासिकी र अस्वस्थ प्रतिस्पर्धा गर्ने माध्यम बन्दै गएको देखिन्छ ।

यसरी हेर्दा र नेपालका परम्परागत अर्थात् अनुदारवादी कम्युनिस्टहरूको भाषालाई सापट लिएर भन्नुपर्दा दसैँको अवसरमा वा दसैँ मान्ने नाममा गरिने यस्तो अस्वस्थ प्रतिस्पर्धा र देखासिकीले निश्चय नै पँुजीवादीहरूको उपभोगवादी संस्कृतिलाई बढावा दिएको छ ।

तर, सकारात्मक ढंगले हेर्ने हो भने दसैँ मात्रै होइन, हरेक विशेष अवसरहरू र चाडपर्वमा जति उपभोक्ता बढ्यो, त्यति नै उद्योगी–व्यवसायी र व्यापारीलाई फाइदा हुन्छ । जति उद्योगी÷व्यवसायी र व्यापारीलाई फाइदा भयो, त्यति नै राज्यलाई फाइदा ।

किनकि, उद्योगी÷व्यवसायी र व्यापारीलाई फाइदा हुनु र उनीहरूले प्रगति गर्नु भनेको स्वदेशमै रोजगारीको सिर्जना हुनु पनि हो ।

प्रतिक्रिया