एसियाका प्रभावशाली व्यक्तिमा शाहरूख र ऐश्वर्या


मुम्बई । बलिउड अभिनेता शाहरूख खान र अभिनेत्री ऐश्वर्य राय बच्चन एसियाका प्रभावशाली सय व्यक्तिको सूचीभित्र पर्न सफल भएका छन् । एसियन जिओग्राफिक म्यागेजिनले गरेको छनोटमा खान र राय परेका हुन् ।

पत्रिकाले एसियाली प्रभावशाली व्यक्तिको सूचीमा शाहरूख र ऐश्वर्यालाई राख्दै सम्मानसमेत गरेको छ । त्यस्तै, उनीहरूलाई पत्रिकाको आवरणमा समेत स्थान दिइएको छ । यो सूचीमा पर्नेमा शाहरूख र ऐश्वर्या पहिलो अभिनेता र अभिनेत्री बन्न सफल भएका छन् ।

त्यस्तै, उक्त सूचीमा भारतका क्रिकेटर, सामाजिक अभियन्ता, व्यापारी लगायतका नाम समावेश छ । यो सूचीमा भारतका चर्चित क्रिकेटर सचिन तेन्दुल्कर, व्यापारी मुकेश अम्बानी, अर्थशास्त्री अमत्र्य सेन, महिला व्यवसायी किरण मजुमदार, लेखक अरुन्धती रायलगायत परेका छन् ।

प्रतिक्रिया