तेन्जिनलाई स्वर्ण


काठमाडौं । तेन्जिन एन रायन गुरुङ किड्स ट्रायथलन च्याम्पियनसिपमा सिनियर ब्वाइजतर्पm स्वर्ण जितेका छन् । फर्निचर ल्यान्ड प्रालिको प्रायोजनमा भएको च्याम्पियनसिपमा तेन्जिनले २५ मिटर पौडी, ८ सय मिटर साइक्लिङ र ५ सय मिटर दौड ५ मिनट २६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते ।

नेपाल ट्रायथलन संघको तत्वावधान तथा ललितपुर जिल्ला ट्रायथलन संघको आयोजनामा भएको च्याम्पियनसिपको दोस्रो स्थानमा युभनलाल श्रेष्ठ रहे । उनले ६ मिनेट ३ सेकेन्डमा उक्त दूरी पार गरे ।  शिद्धार्थ तुलाधरले ६ मिनेट ५ सेकेन्डसहित तेस्रो स्थानमा रहे ।

ललितपुरको बज्रवारहीमा भएको च्याम्पियनसिपमा सिनियर गल्र्समाा राभ्या श्रेष्ठले ६ मिनट ४७ सेकेन्डका साथ स्वर्ण, वियुषा राईले ७ मिनेट २ सेकेन्डका साथ रजत र तमन्ना अग्रवालले ८ मिनट ३२ सेकेन्डमा दुरी पूरा गर्दै कांस्य जितिन् । जुनियर ब्वाइजमा आरोण भण्डारी पहिलो हुँदा ४ मिनेट ५७ सेकेन्डमा दुरी पूरा गरे ।

नोवल महर्जनले ५ मिनेट ६ सेकेन्डका साथ दोस्रो र ५ मिनेट ७ सेकेन्डका साथ अभानलाल श्रेष्ठ तेस्रो भए । गल्र्समा श्रुति श्रेष्ठले ६ मिनेट ७ सेकेन्डका साथ स्वर्ण जितिन् । दोस्रो स्थानमा सुभानी तुलाधर रहिन् ।

उनले ६ मिनट २४ सेकेन्डमा दुरी पूरा गरिन् । विजेतालाई नेपाल ट्रायथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ र प्रायोजक फर्निचर ल्याडन्ड प्रालिका अध्यक्ष मदनलाल जोशी लगायतले पुरस्कृत गरे ।

प्रतिक्रिया