दुर्गममा खुल्यो अत्याधुनिक अस्पताल

पाचँथर । फिदिम नगरपालिका–१ मा अत्याधुनिक अस्पताल खुलेको छ । आइतबार पत्रकार सम्मेलन गरी विधिवत रूपमा सो अस्पताल सञ्चालनमा आएको हो ।

अस्पतालले सुरुवातीमै धेरै बिरामीहरूलाई सेवा प्रवाह गरेको जनाएको छ । अस्पताल २५ शय्याको रहेको र आगामी मंसिरदेखि ५० शय्यामा पु¥याइने बताइएको छ । सो अस्पतालमा ताप्लेजुङ, तेह्रथुम, इलाम, पाँचथरका सबै रोगीका बिरामीले सुविधायुक्त सेवा पाउने निर्देशक शन्देश पराजुलीले जनाए ।

हाल चारजना मेडिकल अफिसरले दैनिक सेवा दिइरहेको उनले बताए । चार करोड निजी लगानीमा स्थापना गरिएको र थप गर्दै लैजाने पराजुलीले जनाए । ‘यो नाफामुखी नभई सेवामुखि हुनेछ’ उनले प्रबिद्धता जनाए । उपचारकै लागि जिल्लाबाहिर जाँदा समय र पैसा उत्तिकै लाग्ने हुँदा निम्न आय भएका स्थानीयले रोग पालेरै बस्नुपर्ने बाध्यता थियो ।

यो अस्पतालले निम्न आय भएका बिरामीका लागि पनि सुलभ मूल्यमा उपचार गर्ने निर्देशक पराजुलीले बताएका छन् । ३० भदौमा एक नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो मौसम तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गर्ने भएका छन् ।

अस्पतालले २४सै घण्टा आकस्मिक सेवा दिइरहेको छ । अस्पतालमा फार्मेसी, जनरल वार्ड, क्याबिनहरू, अत्याधुनिक प्याथोलोजी, रेडियोलोजी, डिजिटल भिडियो एक्सरे सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया