चुम्लुङको स्थापना दिवसमा जेहेन्दार छात्रवृत्ति

इलाम, १८ भदौ । किरात याक्थुङ चुम्लुङले स्थापना गरेको गरीब तथा जेहेन्दार छात्रवृति इलाममा वेविसा येक्तेन लिम्बूलाई प्रदान गरिएको छ । चुम्लुङको ३० औं स्थापना दिवसको अवसरमा आईतबार आयोजित कार्यक्रममा वेविसलाई नगद ८ हजार रुपैयाँको छात्रवृति प्रदान गरियो ।

वेविसालाई चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू र जिल्ला अध्यक्ष गायत्री थगिमले संयुक्त रुपमा हस्तान्तरण गरे ।
किरात याक्थुङ चम्लुङ इजरायलको सहयोगमा स्थापित छात्रवृति विगत ३ वर्षदेखि वेविसाले पाउँदै आएकी छन् । वेविसा इलाम नगरपालिका ११ स्थित सिद्धेश्वरी आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन् ।

उनलाई कक्षा ८ सम्म सो छात्रवृत्ति निरन्तर प्रदान गरिने किरात याक्थुङ चुम्लुङले जनाएको छ । बैदेशिक रोजगारीका शिलशिलामा इजरायल पुगेका नेपाली लिम्बूहरुले वर्सेनि छात्रवृतिका लागि रकम संकलन गरी नेपाल चुम्लुङलाई पठाउने गरेको छ ।

चुम्लुङको स्थापना दिवसको अवसरमा सो पुरस्कार आईतबार इलामसहित अरुण पूर्वका नौ जिल्लामा एकैसाथ सो छात्रवृति वितरण गरिएको छ । चुम्लुङले आइतबार आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी देशैभर मनाएका छन् ।
क्याप्सन स् छात्रवृति वितरण गर्दै किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू र इलाम अध्यक्ष गायत्री थेगिम ।

प्रतिक्रिया