काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका राष्ट्रहरूको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका थाइल्यान्डका प्रधानमन्त्री जनरल प्रयुत चान–ओ–चाले नेपाललाई औषधि खरिदका लागि १५ लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । औषधि र औषधिजन्य उपकरण खरिदका लागि उक्त सहयोग रकम प्रदान गरिएको हो ।
प्रधानमन्त्री केपी ओलीसँग शुक्रबार बिहान द्विपक्षीय भेटवार्ताका क्रममा थाई समकक्षी ओ–चाले सहयोग घोषणा गरेका हुन् । दुर्ईपक्षीय भेटपछि बिम्स्टेक सदस्य मुलुकका सातै राष्ट्र\सरकार प्रमुखहरू शुक्रबार बिहान होटेल सोल्टीमा आयोजित ‘रिट्रिट’ मा सहभागी भएका थिए ।
सम्मेलनमा भाग लिन बिहीबार नेपाल आएका ओ–चा शुक्रबारै स्वदेश फर्किएका छन् । त्यसैबीच, बिम्स्टेक सम्मेलनमा सहभागी हुन थाइल्यान्डबाटै आएकी एक प्रतिनिधि बिरामी परेकी थिइन् । होटल सोल्टीमा बसेकी उनलाई बिरामी भएपछि तत्कालै उपचार सेवा दिइएको थियो । होटल सोल्टीमा रहेको मेडिकल टिमले ३० वर्षीया ती महिलालाई उपचार सेवा दिएको हो ।
मेडिकल टिममा रहेका स्वास्थ्यकर्मी हिमालय तिवारीका अनुसार रिंगटा लाग्ने समस्या भएपछि उनलाई तुरुन्तै उपचार सेवा दिइएको हो । ‘धेरै गम्भीर खालको समस्या थिएन, मेडिकल टिमले नै उपचार ग¥यो,’ उनले भने, ‘डा. प्रदीप वैद्यको नेतृत्वमा चिकित्सक टोली खटिएको थियो । सोही टोलीले उपचार गरेको हो र सामान्य केस भएकाले अन्य अस्पतालमा रिफर गर्न परेन ।’
प्रतिनिधिको नाम भने गोप्य राखिएको छ । रिंगटा लाग्नेबित्तिकै उनलाई होटलमा नै रहेको फिल्ड अस्पतालमा पु¥याइएको थियो । बिरामी प्रतिनिधिलाई वीर अस्पताल र नेपाली सेनाको अस्पतालबाट खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको थियो ।
प्रतिक्रिया