डुंगा दुर्घटनाका २१ काे उद्वार, २४ काे खाेजी जारी

काठमाडौं । रौतहट जिल्लाको लालबकैया नदीमा शनिबार भएको डुंगा दुर्घटनामा हराएका २१ जनाको सकुशल उद्धार गरिएको छ ।

डुंगामा यात्रा गरीरहेका १५ जनाले पौडिएर ज्यान बचाएका थिए भने बाँकी अझै हराइरहेका छन् । डुंगा चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाई डुंगामा २५ जना रहेको बताएका छन् भने स्थानीयका अनुसार डुंगामा ४० जनाले यात्रा गरेका थिए ।

गौर नगरपालिका ४ टिकुलियाघाट नजिक डुंगा दुर्घटना भएको थियो । इशानाथ नगरपालिकाबाट सदरमुकाम गौैर तर्फ आउँदै गरेका यात्रु डुंगा दुर्घटनामा परेका हुन् । दुर्घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया