कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्यू हटाइयो

काठमाडौं । कञ्चनपुरमा लागेको कर्फ्यू पाँच घण्टाका लागि हटाइएको छ । कर्फ्यू आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि हटाइएको हो ।

दश बजेपछि कर्फ्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पाँच घण्टाका लागि कर्फ्यू हटाइएपछि रक्षा बन्धनका लागि सामन खरिद गर्नेको बजारमा भीड लागेको छ ।

भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीय निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयले गरेको प्रदर्शनले उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गत शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको थियो ।

प्रतिक्रिया