कञ्चनपुरका एसपी बिष्ट निलम्बित

काठमाडौं । कञ्चनपुरमा स्थिती चर्कदैं गएपछि सरकार पनि गम्भिर बनेको छ । सो घटनामा त्यहाँका एसपीको भूमिका शंकास्पद देखिएपछि गृह मन्त्रालयले उनलाई निलम्बन गरेको छ ।

गृह मन्त्रालयले एसपी डिल्लीराज विष्टलाई शनिबार अपरान्ह निलम्बन गरेको हो । गृहमन्त्री रामबहादुर थापा बादलका प्रेस संयोजक किरण भट्टराईले विष्टलाई मन्त्रालयले निलम्बन गरेको बताए । उनलाई भदौ ७ गतेमात्रै कञ्चनपुरको एसपीको जिम्मेवारीबाट हटाइएको थियो ।

यसअघि शनिबार विहानै भीमदत्त नगरपालिका–१८ का दुई किशोरी बबिता र रोशनी बमलाई हिरासतमा लिइएको थियो ।

आफ्नो घरमा दुइ जनामात्र बस्दै आएका ती बम दिदीबहिनी कहाँ एसपी बिष्टका छोरा र सो नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका छोराको बाक्लो आउजाउ भएको स्थानीयले बताएका छन् । एसपी बिष्टको निलम्बन संगसंगै निर्मला हत्याको अनुसन्धानले नयाँ मोड लिएको छ ।

प्रतिक्रिया