धन कमाउने लाेभमा यसरी फस्छन् दलालको जालमा महिला

 

एजेन्सी । पश्चिम नेपालकी ३२ वर्षीया सीतादेवी (नाम परिवर्तन) लाई केही महिनाअघि नचिनेको नम्बरबाट फोन आयो ।

फोनको जवाफ दिँदै उनले ‘हेलो’ भन्न नपाउँदै फोन गर्ने पुरुषले परिचितले झै सन्चो बिसन्चो सोध्न थाले । नचिनेको व्यक्तिले निजी कुरा सोध्न थाले पछि विवाहित ती महिलाले ब्लफ कल ठानेर ‘रङ नम्बरु’ भन्दै फोन राखिदिइन् । तर ती अपरिचित पुरुषले उनलाई पटकपटक फोन गरिराखे । पूरुषको लगातारको फोनपछि उनीहरूबीच दोहोरो कुराकानी हुनथाल्यो ।

ब्लफ कलबाट सुरु भएको उनीहरुको चिनापर्ची हिमचिममा परिणत भयो । परिवारको आँखा छली ती पूरुषसँग कुराकानी भयो । कुरै करामा उनको घरायसी र आर्थिक अवस्था बुझे ती पूरुषले र त्यसैको फाइदा उठाए ।

पहिले विदेश गएर पैसा कमाएर ल्याएको बताउने ती पूरुषले सीतादेवीलाई दुई लाख रुपैयाँ जोहो गरे कुवेतमा राम्रो काममा पठाइदिने आश्वासन दिए । गाउँमा सामान्य खेतीपाती गरेर जीवन निर्वाह गर्दै आएकी उनले राम्रो कमाइको लोभमा ती अपरिचित पुरुषलाई सजिलै विश्वास गरिन् ।

कुवेत गएर धनकमाउने र आरमको जीवन बाच्ने लोभमा असार २३ गते भारत पुगेपछि बल्ल उनले सो व्यक्ति दलाल रहेको र उसले आफूलाई बेचेको मेसो पाइन् । त्यती बेलासम्म उनले आफू बेचिन सक्ने कुराको शंकासम्म पाएकी थिइनन् ।

भारतबाट फूत्केर आउन सफल उनी भन्छिन, ‘महिनाको नौ सय दिनार (करिब ३२ हजार रुपैयाँ नेपाली) कमाउने लोभमा परेर म र अर्की एउटी साथीले राहदानी बनायौँ ।’ उनले श्रीमान् र अरू कसैलाई थाहै नदिई चर्को ब्याजमा दुई लाख ऋण लिएर ती व्यक्तिलाई दिइन् ।

उनी भन्छिन, ‘पैसा दिएपछि उसले कसैलाई नभनी नेपालगन्ज आउनु भनेर बोलायो । हामीले पनि काठमाडौंबाट जाने होला भन्ने ठानेर नेपालगन्ज गयौं ।’ तर नेपालगन्ज पुगेपछि उनीहरूलाई काठमाडौंबाट जान नमिल्ने भयो, दिल्लीबाट उडाउने हो भनेर रुपेडियाँ हुँदै भारततिर लगे । उनीहरुलाई दिल्लीको साटो बनारस पुर्याएर फोनमा साथी बनेका ती व्यक्ति सम्पर्कविहीन भए

सीतादेवीका अनुसार उनलाई बनारसमा राखिएको घरमा अरु पनि धेरै नेपाली महिलाहरू थिए । उनी भन्छिन, ‘एउटा सुन्दरी दिदी भन्ने महिला थिइन्, ती दिदस्ले भनेर थाहा पायौं ती पूरुषले हामीलाई बेचेर गएको रहेछ । ’

आफू बेचिएको थाहा पाएपछि आफूसँग फेर्ने लुगा नभएको बहाना बनाए बाहिर निस्कन खोजिन् । तर उनलाई त्यहाँबाट बाहिर जान दिइएन । उनले निकै प्रयास गरेर नेपालमा आफ्ना श्रीमानलाई फोन गर्न सपmिल भइन र आफ्नो अवस्था सुनाइन् ।

 

सीतादेवीले श्रीमानलाई जानकारी गराउँदासम्म उनका श्रीमानले नेपालमा प्रहरीलाई खबर गरिसकेका रहेछन् । नेपाल फोन गरेको थाहा पाएपछि तीनै सुन्दरी दिदीले केही युवाहरूसँग आफूलाई नेपाल फिर्ता पठाइदिएको उनी बताउँछिन् ।

उनी भन्छिन, ‘यसले नेपालमा फोन गरिसकिछ । अब हामी फस्छौँ, अरू केटी पनि छुट्न सक्छन् भन्दै हामीलाई नेपाल फर्काइदिइएको हो । नेपाल फर्केपछि सीतादेवी र उनकी साथी दुवैले सो व्यक्तिविरुद्ध प्रहरीमा उजुरी हाले ।

उनीहरुको उजुरीका आधारमा केही नेपाली सरकारी अधिकारीहरू सहितको टोली अन्य नेपाली महिलाको खोजी गर्दै बनारस पुग्यो । त्यसका लागि भारतस्थित नेपाली दूतावासले पनि सहयोग गरेको दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले बताए ।

सीतादेवीले दिएको सूचनाकै आधारमा बनारसको सो स्थानमा भारतीय प्रहरीले छापा मारेको थियो । ओडारी भन्छन, हामी पुग्दा त्यहाँबाट सबै महिलालाई अन्यत्रै लगिसकिएको रहेछ ।’ उनका अनुसार ती घरहरूमा महिलाहरूलाई राखिएका प्रमाण भेटिएपछि घरधनीहरूलाई भने भारतीय प्रहरीले पक्राउ गरेको छ ।

गत मङ्गलवार राति भारतको नयाँ दिल्लीबाट कुवेत र इराक पठाउन भन्दै सीतादेवीलाई जस्तै अलपत्र पारिएका १६ नेपाली महिलालाई दिल्ली महिला आयोगको सक्रियतामा उद्धार गरिएको छ ।

नेपाली दूतावासका अधिकारीहरूले बनारसबाट भगाइएका मध्येकै महिलालाई दिल्लीमा उद्धार गरिएको हो कि भन्ने शंका गरेका थिए । तर उनीहरू अर्कै दलालमार्फत् त्यहाँ पुर्याइएका हुनसक्ने उद्धारमा संलग्न एक नेपाली अधिकारीले बताए । बीबीसीको सहयोगमा तयार पारिएको ।

प्रतिक्रिया