काठमाडौं । ‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ महिला पत्रकार सहयोग कोष स्थापना गर्न नेपाल पत्रकार महासंघको महिला समितिको आयोजनमा हुन लागेको फुटबल प्रतियोगिताका लागि प्रशिक्षण सुरु भएको छ ।
आइतबारदेखि सुरु भएको प्रशिक्षण पाँच दिनसम्म चल्ले छ । साउन १२ गते हुनलागेको उक्त प्रतियोगितामा विभिन्न सञ्चार माध्यममा कार्यरत महिला पत्रकारले प्रतिस्पर्धामा गर्नेछन् ।
महिला पत्रकारलाई नक्सालस्थित सानो गौचरणमा आइतबार प्रशिक्षक देवेन्द्रजंग शाहले प्रशिक्षण दिएका थिए । प्रशिक्षक शाहले फुटबल खेल्नु अघि अनुशासनको पालना अनिवार्य भएको बताए । खेललाई सधै सम्मान र मर्यादित बनाउन सके खेलाडी सफल हुने उनले बताए ।
फूटबल खेलकाे तयारिका बारेमा महासंघको महिला समितिकी संयोजक लक्ष्मी पुनले भनिन, ‘समय समयमा यस्ता प्रतियोगिता गर्न सके स्वस्थ रहन मद्दत पुर्याउने छ, उनले भनिन, ‘फूलबल खेलबाट संकलित रकम महिला पत्रकारकै हितमा लगानी हुने छ ।’ महिला पत्रकार कोष स्थापना गर्न सकियो भने, दुखमा परेका महिला पत्रकारलाई सहयोग गर्न सकिने उनले बताइन् ।
प्रतिक्रिया