भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट १२ को मृत्यु

एजेन्सी । भारतको कानपुर नगर क्षेत्रमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार मृत्यु हुनेमा कानपुर नगर र ग्रामीण क्षेत्रका मानिसहरू छन्।

शनिवार कानपुर नगरको सचेण्डी क्षेत्रमा ६ जनाको र आइतवार कानपुरकै ग्रामीण क्षेत्र रूरामा ६ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

विषाक्त रक्सी सेवनका कारण कैयौँ गम्भीर बिरामी परेका छन्। बिरामीमध्ये अधिकांशको स्थानीय हैलट अस्पतालमा उपचार भइरहेको छ।

विषाक्त रक्सी बेचेको आरोपमा प्रहरीले हालसम्म चारजनालाई पक्राउ गरिएको र त्यसमध्ये प्रमुख आरोपी विनय सिंह पनि रहेको जनाएको छ।

प्रतिक्रिया