भिन्न खालको शाही विवाह बक्स

प्रत्येक शाही विवाह फरक हुन्छ । तर एक किसिमले भन्नुपर्दा प्रत्येक शाही विवाह शाही परिवारलाई नयाँ ढंगले अघि बढाउने अवसर हो । यस्ता ठूला विवाह विरलै हुने गर्छन् र हिजोआज विश्वभरि त्यसप्रति आकर्षण हुने गर्दछ ।  त्यही भएर यसले ‘शनिबारका दिनमा शाही परिवार उनीहरू हुन्’ भनेर देखाउने अवसर दिन्छ । तर यो नितान्त फरक खालको शाही विवाह हो । यो फरक हो किनभने विवाहको दिनको व्यवस्थापनको शैली नै पनि फरक किसिमको छ ।

सानो–सानो कुराजस्तै परम्परागत रूपमा ठूलो केक यसपटक छैन । ठूलो कुरा भन्नुपर्दा विवाह समारोहमा पवित्र गीत गाउने मण्डली पनि अर्कै किसिमको छ । विन्ड्सर क्यासलमा हुने विवाह समारोहमा सार्वजनिक जीवनका ६ सय मानिसहरूलाई निम्तो गरिनु आफैँमा एउटा उल्लेख्य निर्णय हो । सन् १९९७ मा राजकुमार ह्यारीकी आमा, वेल्सकी राजकुमारी डायनाको निधन भएपछि तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरले उनलाई ‘जनताकी राजकुमारी’ का रूपमा चित्रण गरेका थिए ।

यो ‘जनताको विवाह’ नहुन सक्छ । तर यो जनतासँग नजिक पुग्न लागेको शाही विवाह भने हो । सुरूदेखि नै राजकुमार ह्यारी र मेगनले उनीहरूले आफ्नो विवाहलाई समावेशी समारोह बनाउन चाहेको बताएका थिए । र, उनीहरूले शाही मान्यताको सीमाभित्र रहेर त्यसलाई पूरा गर्न उपयुक्त प्रयास गरेका छन् । उनीहरूको विवाह विगतको शाही विवाहभन्दा फरक देखिन्छ । वास्तवमै दुलहीको एकदमै भिन्न पृष्ठभूमिले गर्दा पनि यस्तो भएको हो । उनी सर्वसाधारण भएकाले मात्रै फरक भएको होइन ।

कुलीन पृष्ठभूमि नभए पनि केहीले पछिल्ला वर्षहरूमा शाही परिवारमा विवाह गरेका छन् । न त उनले एकपटक सम्बन्ध विच्छेद गरेकाले फरक देखिएको हो । ८२ वर्षअघि भविष्यका राजगद्दी उत्तराधिकारीले एकजना सम्बन्ध विच्छेद गरेकी महिलासँग विवाह गर्न गद्दी त्याग्ने निर्णय गरेका थिए । दिवंगत राजकुमारी मार्गरेटले आफ्ना प्रेमी सम्बन्ध विच्छेद भएका पुरूष भएका कारण उनीसँग सम्बन्ध नजोड्ने निर्णय गरिन् ।

न त मेगन अमेरिकी भएकाले विवाह फरक भएको हो ।  विवाह समारोहमा मार्कललाई ‘आयल’ अर्थात् विवाह समारोहमा कसले डो¥याएर ल्याउने भनेर देखिएको अन्योलले पनि त्यो फरक पार्छ । उनको परिवारलाई शाही परिवारको सदस्य बन्ने बारेका नियमहरू जानकारी नभएको जस्तो देखिन्छ, वा थाहा रहेछ भने त्यसबारे खासै चासो नदिन सक्ने अवस्था छैन ।  उनी उनकै शब्दामा ‘मिश्रित जात’की हुन् ।

उनकी आमा अफ्रिकी अमेरिकी हुन् र कतिपयले शाही परिवारका लागि त्यो असाधारण वा अझ ‘क्रान्तिकारी’ सम्म भएको टिप्पणी गरेका छन् । र अरू पनि थप कुरा छ । उनी काम गर्थिन् वा गर्छिन् । उनको सार्वजनिक परिचय थियो वा छ । उनी एकदम कुशल वक्ता हुन् र शाही परिवारका जो कोही भन्दा पनि अझ कुशल वक्ता भनेर तर्कसमेत गर्न सक्छिन् । अझ थप उनी आफैँले स्वीकार गरेकी नारीवादी हुन् र विश्वभर महिलामाथि भइरहेका यौन दुव्र्यवहारविरूद्धको ३ मी टु अभियान चलाउने पुस्ताको एक नाम चलेकी सदस्य हुन् ।

त्यही भएर परम्परागत र कतिपयका लागि रूढीवादीसमेत देखिने संस्थामा मेगन मार्कलको उपस्थिति आफैँमा एउटा ठूलो परिवर्तन हो । उनले शाही परिवारलाई आधुनिक बनाउने, अझ राजतन्त्रलाई समेत जोगाउने चर्चा गरिएको छ । शाही परिवारले आफूलाई निरन्तर नवीन बनाइराख्नुपर्छ र उसले त्यसलाई बेलाबेलामा प्रमाणित पनि गरेको छ । मार्कलेले उनीहरूलाई इन्स्टाग्रामको युगमा वास्तवमै डोर्याइरहेकी छन् ।

तर उनले कति परिवर्तन गर्छिन् भन्नका लागि हामीले पर्ख र हेर नै गर्नुपर्छ । उनले विगतमा भनेकी छन्, ‘मैले खाएर बस्ने महिला बन्न कहिल्यै चाहिनँ, मलाई सधैँ काम गर्ने महिला बनिरहन मन लाग्यो ।’ शाही भूमिका दिवाभोजमा सरिक हुनु हो । र चियापानमा पनि । अनि अस्पताल उद्घाटन गर्नु वा अरू परोपकारी काममा पनि सहभागी हुनु हो । र, राम्रो देखिनु अनि हो भनिरहनु र मानिसहरूले के गरिरहेका छन् र मौसम कस्तो छ भनेर सोध्नुबाहेक धेरै नबोल्नु पनि हो ।

मलाई गलत नठान्नुहोस्, यो महत्वपूर्ण काम हो कतिपय बेला गाह्रो र पट्यारलाग्दो पनि हुन्छ जस्तो म कल्पना गर्छु । तर, यस्तो काम मेगनले कहिल्यै गर्दै आएकी छैनन् । त्यही भएर हामीले मेगनले शाही परिवारलाई बदल्छिन् वा शाही परिवारले मेगनलाई बदल्छ भनेर जान्न पर्खेर हेर्नैपर्छ ।

प्रतिक्रिया