जेरुसेलममा भड्कियो हिंसा ?


इरान । संयुक्त राज्य अमेरिकाले तेल अभिभस्थित उसको दूतावास जेरुसलेम सार्ने केही घण्टाअघि इजरायली फौजले गाजामा एकजना १२ वर्षीय बालकसहित कम्तीमा ५२ जना प्रदर्शनकारीहरूलाई गोली हानी मारिदिएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । नयाँ अमेरिकी दूतावासको उद्घाटन समारोह हुनुअघि इजरायल र गाजा सीमा क्षेत्रमा ६ हप्तादेखि भइरहेका व्यापक विरोध प्रदर्शनपछि सैयौँ अन्य घाइते भएका विवरणहरूमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाईं ज्यारेड कुस्नरसहित उच्च अमेरिकी अधिकारीहरू सो उद्घाटन समारोहमा सहभागी भएका छन् । दूतावास सार्ने अमेरिकी निर्णयको इजरायलले स्वागत गरेको छ, तर त्यसले व्यापक अन्तर्राष्ट्रिय निन्दा निम्त्याएको छ । जेरुसलेमलाई इजरायलको राजधानीको रूपमा अमेरिकाले दिएको मान्यताको प्यालेस्टिनीहरूले विरोध गर्दै आएका छन् ।

जेरुसलेमको पूर्वी भाग आफ्नो भएको दाबी प्यालेस्टिनीहरूले गर्दछन्, तर सो हर कहिल्यै विभाजित हुन नदिने इजरायलले बताउँछ । गत छ हप्तादेखि भएका व्यापक प्रदर्शनहरूको नेतृत्व गाजाको इस्लामवादी शासक हमासले गरिरहेको छ । ट्रम्पले उनको राष्ट्रपतीय चुनावी अभियानका क्रममा तेल अभिभबाट अमेरिकी दूतावास जेरुसलेममा सार्ने प्रतिबद्धता बारम्बार व्यक्त गरेका थिए ।

जेरुसलेमको हैसियतसम्बन्धी विवादको सोझो सम्बन्ध इजरायल–प्यालेस्टिनी द्वन्द्वसँग जोडिएको छ । इजरायल र प्यालेस्टाइन दुवैले उक्त भूमिलाई आफ्नो राजधानी बताउने गरेका छन् । जेरुसेलम सहरलाई इसाई, मुसलमान र यहुदीहरूले पवित्रस्थलका रूपमा मान्ने गर्दछन् ।

जेरुसलेममाथिको इजरायली सार्वभौमिकताले अन्तर्राष्ट्रिय रूपमा मान्यता पाएको छैन र सन् १९९३ मा भएको इजरायल–प्यालेस्टाइन शान्ति सम्झौताअनुसार जेरुसलेमको अन्तिम हैसियत भने शान्ति वार्ताका पछिल्ला चरणहरूमा मात्र छलफल हुनेछन् ।

सन् १९६७ मा भएको मध्यपूर्वी युद्धयता पूर्वी जेरुसलेम इजरायलको अधीनमा छ । सो क्षेत्रलाई उसले आफैँमा गाभेको छ तर ट्रम्पले सन् २०१७ को डिसेम्बरमा घोषणा नगरेसम्म कुनै पनि देशले जेरुसलेमलाई इजरायली भूमि भनेर मान्यता दिएका थिएनन् । सन् १९६७ यता इजरायलले झण्डै २ लाख यहुदीहरूको निम्ति पूर्वी जेरुसलेममा दर्जनौँ बस्तीहरू निर्माण गरेको छ ।

अन्तर्राष्ट्रिय कानुनअन्तर्गत ती बस्तीहरू गैरकानुनी मानिन्छन् तर इजरायलले त्यसलाई अस्वीकार गर्दै आएको छ । जेरुसलेमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने निर्णय र दूतावास सार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको कदमलाई इजरायली यहुदीहरूले समर्थन गरेका छन् । अमेरिकी कदमलाई ‘वास्तविकतालाई दिइएको मान्यता’ भनेर टिप्पणी गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका लागि यो कूटनीतिक जीत हो ।

 

हिंसाको व्यापक निन्दा

इजरायली सेनाबाट गाजामा कम्तिमा ५५ जना प्यालेस्टिनीहरू मारिएको घटनाको अन्तर्राष्ट्रियस्तरमा व्यापक निन्दा भइरहेको छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले घटनालाई एउटा ’नरसंहार’को संज्ञा दिएका छन् । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोनले प्रदर्शनकारीमाथि इजरायली सशस्त्र फौजबाट गरिएको हिंसाको भत्सर्ना गरेका छन् र दुई राज्यको मान्यताबाट समस्याको हल हुनेप्रतिको समर्थन दोहोर्याएका छन् ।

टर्कीका राष्ट्रपति रेजेप त्ययीप एर्दोआनले इजरायलमाथि राज्यबाट गरिने ‘आतंक र नरसंहार’को आरोप लगाएका छन्।ब्रिटेनले आफ्नो सिमानाको रक्षा गर्न पाउने इजरायलको अधिकार भएको बताएको छ । उसलाई उच्च संयम अपनाउन आग्रह गरेको छ । तर, इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले जेरूसेलममा अमेरिकी दूतावास खोलिएको विरोधमा गरिएको हिंसात्मक प्रदर्शनका क्रममा आफ्नो देशले रक्षात्मक कदम चालेको बताएका छन् ।

प्यालेस्टिनी अधिकारीहरूले सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हिंसामा इजरायली सेनाबाट कम्तीमा ५५ जना मारिएको र २,७०० जना घाइते भएको बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले आफ्नो देशले नष्ट पार्न चाहेको गाजाको इस्लामवादी हमास शासकहरूविरूद्ध इजरायली सेना आत्मरक्षाको कदम चालेको बताएका छन् ।

प्यालेस्टिनी नेताले घटनालाई ‘नरसंहार’ भन्दै त्यसको भत्र्सना गरेका छन् । संयुक्त राष्ट्रसंघले ‘चरम मानव अधिकार उल्लंघन’ भएको प्रतिक्रिया दिएको छ । संयुक्त राज्य अमेरिकाले जेरुसलेममा विवादास्पद दूतावास खोलेपछि हिंसा सुरू भएको हो । तेल अभिभबाट आफ्नो दूतावास सार्ने अमेरिकी कदमबाट प्यालेस्टिनीहरू क्रुद्ध बनेका छन् ।

प्रतिक्रिया